भारतमा विवाह समारोहमा हिन्दुहरुको धार्मिक भावनामा चोट पुर्याएको भन्दै एक मुस्लिम बेहुला र उनको परिवारका सदस्यहरुविरुद्ध मुद्दा दायर गरिएको छ । कर्नाटकको बान्तवाल तालुक गाउँका मुसलमान बेहुलाले हिन्दुका देवताको भेषमा विवाह गरेपछि उनी र उनको परिवारविरुद्ध उजुरी परेको हो । बासित नाम गरेका बेहुलाले हिन्दु भेषमा सजिएर हिन्दु झैं नाचेका थिए । उनी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दुहरुले उनको आलोचना गरेका थिए । जातीय अपमान गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले