काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा आज सोमवारकाे भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ । त्रिवि मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण खेल स्थगित भएको हो ।
यसअघि काठमाण्डाै किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियाे ।
मैदान भिजेका कारण खेल स्थगित भएको हो । कीर्तिपुर मैदानमा निर्धारित समयभन्दा दुई घण्टासम्म पनि सुरु हुन नसकेपछि खेल स्थगित गरिएको हो ।
बिहान साढे ९ बजे नै खेल सुरु हुने भनिए पनि मैदान नओभाएपछ...