काठमाडौं : नेकपा (एमाले)को विवाद मिलाउनका लागि आज अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट हुने भएको छ।गत आइतबार राति संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव बिष्णु पौडेलले अध्यक्ष ओलीसँग करिब चार घण्टा छलफल गरेका थिए। यता माधव नेपालसँग भीम रावल सुरेन्द्र पाण्डे लगायतका नेताहरुले करिब छ घण्टा छलफल गरेको एमाले स्रोतको भनाइ छ। त्यसपछि सोमबार दुवै समूहले स्थायी कमिटी बैठकमा छलफल गरेका थिए। आ-आफ्नो समूहमा छलफल गरेर पुन विघटित कार्यदलको तहमा छलफल भएपछि