काठमाडौं, भदौ १७ । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ । बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन आबद्ध पाँचै दलका शीर्षतहका नेताको पटकपटकको बैठकले चुनावी सिट बाँडफाँटका लागि प्रारम्भिक खाका बनाए पनि सहमतिबिनै टुंगिएको हो । […]