हेटौंडा : बागमती प्रदेशको सबै स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गरेर जाने सहमति भएको छ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेशमा रहेका सबै स्थानीय तहमा आवश्यकता र औचित्यअनुसार मिलेर जाने पाँचदलीय गठबन्धनमा सहमति बनेको हो। नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले यस्तो सहमति गरेको जनाइएको छ।बैठकमा प्रदेशका १ सय १९ पालिका र १ हजार १ सय २१ वडामा नै आवश्यकता र औचित्यका आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको पाँचदलीय गठबन