संसारभरी रासायनिक बिषादीयुक्त रंग प्रयोग गरी होली मनाइँदै गर्दा काठमाडौँको बूढानीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) मा फरक ढंगले होली मनाइएको छ शुक्रबार भक्तजनहरू सहित बिभिन्न सांस्कृतिक कार्यक्रम र भजनसँगै सन्ध्याको समयमा विशेष पुष्प होली (फूलमालाको) खेलिएको छ । वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राधाकृष्णको मन्दिर रहेको छ जहाँ ४० भन्दा बढी गाईको सेवा गरिन्छ भने खीर तथा प्रसाद दर्शनार्थीलाई निःशुल्क वितरण गरिँदै आएको छ ।