बूढानीलकण्ठ र नागार्जुन नगरपालिकामा सोमबार सार्वजनिक बिदा

बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएका छन् । यही कात्तिक २६ गते बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय गरेको हो । नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्ध धार्मिक तीर्थस्थलका रूपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वका रूपमा सो दिन सार्वजनिक बिदा दिने गरिएको छ । स्थानीय संस्कृति, परम्परा र जात्राको