राष्ट्रपति कार्यालयले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख नगरेको भन्दै कानुनविद्हरुले आपत्ति जनाएका छन् ।मंगलबार अपराह्न राष्ट्रपति कार्यालयले देउवालाई ‘सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको’ विज्ञप्ति जारी गरेको छ ।शेरबहादुर देउवाले यसअघि राष्ट्रपति कार्यालयमा संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्तिका लागि निवेदन दिएकाले सोही धारा अनुसार राष्ट्रपतिबाट नियुक्त हुनुपर्ने अधिवक्ता टीकाराम भट