भारतकी हरनाज सन्धु बनिन् यस वर्षकी मिस युनिभर्स

भारतको चण्डीगढकी हरनाज सन्धु इजरायलमा आयोजित मिस युनिभर्सकी विजेता बनेकी छन् । भारतले २१ वर्षपछि मिस युनिभर्स जितेको हो । सुष्मिता सेन र लारा दत्तापछि मिस युनिभर्स बन्ने उनी तेस्री भारतीय महिला हुन् ।  हरनाजले सुनौलो स्लीभलेस गाउन लगाएर मिस युनिभर्सको हीराजडित क्राउन पहिरेकी छन् ।    अघिल्लो वर्षकी मिस युनिभर्स मेक्सिकोकी आन्द्रिया मेजाले उनलाई ताज पहिर्‍याएकी थिइन् ।  प्याराग्वे दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा आएका छन् ।  

सम्बन्धित सामग्री

‘बडी सेमिङ’लाई पछाडि छोड्दै कसरी बनिन् हरनाज मिस युनिभर्स?

भारतलाई २१ वर्षपछि मिस युनिभर्सको ताज मिलेको छ र भारतकी हरनाज सन्धु यसको माध्यम बनेकी छन्। पञ्जावको मोहालीमा बस्ने हरनाज सन्धुकी आमा चिकित्सक हुन् । हरनाज सौन्दर्य प्रतियोगितामा १७ वर्षको उमेरदेखि सहभागी हुँदै आएकी छन्। यो भन्दा पहिले सन् २०२१ मा उनले ‘मिस डिवा – २०२१’ को ताज जितिसकेकी छन्। सन् २०१९ मा उनले फेमिना […]

सन् २०२१ को मिस युनिभर्सको ताज भारतकी हरनाज सन्धुलाई

सुन्दरी प्रतियोगिता ‘मिस युनिभर्स – २०२१’ को विजेता भारतीय सुन्दरी हरनाज सन्धु बनेकी छन्। पञ्जाबकी हरनाजले प्रतियोगिता जितेसँगै भारतले २१ वर्षपछि फेरी मिस युनिभर्सको ताज आफ्नो पोल्टोमा पारेको हो। सन् २००० मा बलिउड अभिनेत्री लारा दत्ताले यो ताज जितेकी थिइन्। साेही वर्ष हरनाजको जन्म भएको थियो। बिजेता घोषणाा पछि सन् २०२० कि मि यूनिभर्स बिजेता […]

भारतले दुई दशकपछि उचाल्यो मिस युनिभर्सको ताज

एजेन्सी, २७ मङ्सिर। भारतको चण्डीगढकी हरनाज सन्धु इजरायलमा आयोजित मिस युनिभर्सकी विजेता बनेकी छिन् । भारतले २१ वर्षपछि मिस युनिभर्स जितेको हो । सुष्मिता सेन र लारा दत्तापछि मिस युनिभर्स बन्ने उनी तेस्री भारतीय महिला हुन् । हरनाजले सुनौलो स्लीभलेस गाउन लगाएर मिस युनिभर्सको हीराजडित क्राउन पहिरेकी हुन् । अघिल्लो वर्षकी मिस युनिभर्स मेक्सिकोकी आन्द्रिया […]