लक्ष्मी खरेलबारा : पर्यापर्यटनको दृष्टिकोणले मधेश प्रदेशको एक मात्र निकुन्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुन्ज पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रूपमा घोषणा गरेको हो।२०७४ सालमा नेपालकै सबैभन्दा कान्छो निकुञ्ज बनेसँगै पर्सा राष्ट्रिय निकुञ्ज स्वदेशी तथा बिदेशी पर्यटकका लागि खुल्ला गरिएको हो। प्राकृतिक सुन्दरतासँगै बन्यजन्तुको अवलोकन गर्न सकिने जैविक बिबिधताको धनी मानिने पर्सा र