कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताए ।उनले सहमती जुटेका कानुनहरु अगाडि बढाउने बताए । संसदमा अहिले ५३ वटा विधेयकहरु रहेको र ८ वटा अध्यादेशहरुको प्रतिस्थापन विधेयक ल्याइएको पनि उनले जानकारी दिए । मन्त्री शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आ