बाढीपहिरोबाट सडक र पुलमा ३ अर्बको क्षति

काठमाडौं । यस वर्षको बर्खायाममा आएको बाढीपहिरोका कारण सडक र पुल भत्किँदा ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । सडक विभागको प्रारम्भिक तथ्यांकअनुसार २ महिना अवधिमा सडकमा २ अर्ब २० करोड र पुलमा भने ८० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । जेठ मसान्तदेखि साउन मसान्तसम्मको अवधिमा मुलुकभरका विभिन्न सडक खण्ड र २६ ओटा पुलहरूमा आंशिक तथा पूर्णरूपमा गरी उक्त मूल्य बराबरको क्षति भएको हो । विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो वर्षको बाढी र पहिरोका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेको बताए । सार्वजनिक निकायको मात्रै नभएर निर्माण व्यवसायीले निर्माण गर्दै गरेका आठओटा पुलहरूमा भएको क्षति समावेश गरी प्रारम्भिक अनुमान गरिएको नेपालको भनाइ छ । अहिले विभागले अत्यावश्यक देखिएका स्थानका सडकहरूमा तुरुन्त सम्बन्धित सडक डिभिजन कार्यालयहरूमार्फत काम गरिरहेको प्रवक्ता नेपालले बताए । तर, ठूलो मात्रामा क्षति भएर पुनर्निर्माण तथा पुनःस्थापना नै गर्नुपर्ने सडक तथा पुलका लागि भने समय लाग्ने उनले बताए । बाढीपहिरोबाट क्षति भएका सडक र पुलहरूको पुनर्निर्माण तथा पुनःस्थापना गर्न विभागले विगत वर्षहरूदेखि नै छुट्टै बजेट माग गर्दै आए पनि व्यवस्था हुन सकेको छैन । विभागले नियमित बजेट तथा आवधिक मर्मतसम्भारका लागि आउने बजेटबाटै यसरी क्षति भएका संरचनाको निर्माण गर्दै आएको नेपालले बताए । अहिले सडक बोर्ड नेपालको समन्वयमा विभिन्न सडक डिभिजन कार्यालयहरूलाई विभागले ११ करोड बजेट उपलब्ध गराएको छ । यो बजेट आकस्मिक मर्मतसम्भारका लागि उपलब्ध गराइएको विभागले जानकारी दिएको छ । तत्काल सञ्चालन गर्नुपर्ने सडकहरू अस्थायी रूपमा सञ्चालनमा ल्याउन र पुलहरू पनि यसरी नै बनाउन उक्त बजेट उपलब्ध हुन्छ । विभागका अनुसार हालसम्म मुलुकभरका १६९ स्थानका सडकमा क्षति भएको छ । त्यसमध्ये हालसम्म ९ ओटा सडक खण्ड अवरुद्ध छन् भने एकतर्फी सञ्चालनमा आएका सडकको संख्या १०४ रहेको छ । दुवैतर्फ सञ्चालन भएका सडक भने ५६ ओटा छन् । मनाङ, सिन्धुपाल्चोक, लमजुङ, नुवाकोट र रसुवाका विभिन्न सडक खण्ड अझै पनि अवरुद्ध छन् । बाढीपहिरोका कारण सबैभन्दा बढी सडक अवरुद्ध भएको जिल्ला मनाङ हो । जिल्लामा ६ स्थान हालसम्म अवरुद्ध छन् । बाढीपहिरोले बेली बिज्र तथा सडकको ट्र्याक बगाउनुका साथै ठूलो ढुंगासहितको पहिरोका कारण ती स्थान अहिले पनि अवरुद्ध रहेका हुन् । बाढीपहिरोले विभिन्न राजमार्गका सडक खण्डहरूमा क्षति पुगेकोमा अधिकांश स्थानमा अहिले एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा ल्याइएको छ । बाढीले क्षति पुर्‍याएका पाल्पा, बाजुरा, बैतडीलगायतका सडकमा एकतर्फी रूपमा यातायात सञ्चालन भएको हो ।

सम्बन्धित सामग्री

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति

जुम्ला – कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ। पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पुर्‍याएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टको भनाइ छ। मुख्य राजमार्गलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिराले राजमार्गमा क्षति […]

सडक दुर्घटनाको क्षति घटाउनुपर्छ : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहँदा मुख्य जोड सडक दुर्घटनामै भए पनि अरु पक्षमा पनि सोच्नुपर्ने बताए। गृहमन्त्री श्रेष्ठले सडक सुरक्षा र दुर्घटनाबाट बचाउनुका अतिरिक्त आम जनताको जीवनलाई सरकारी कार्यालयका कर्मचारी वा सेवाग्राहीहरु समयमै काम सम्पन्न गर्ने स्थिति बनाउने बारेमा सोच्न

सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने बताउनुभएको हो । उहाँले ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहँदा मुख्य जोड सडक दुर्घटनामै भएपनि अरु पक्षमा पनि सोच्नुपर्ने बताउनुभयो । गृहमन्त्री […]

सडक विभागले जथाभावी काम गर्दा खानेपानीको पाइपलाइनमा करोडौंको क्षति

२२ पुस, काठमाडौं । ढलको काम गर्दा सडक विभागले वनस्थली क्षेत्रमा मेलम्चीको पाइपलाइनमा थप ठूलो क्षति पुर्‍याइदिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार बिहीबार चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत चक्रपथको वनस्थली क्षेत्रमा ढल निर्माण गर्दा नयाँ ठूला पाइपलाइनमा क्षति पुगेको छ । क्षति पुगेका कारण उक्त पाइपलाइनबाट कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको […]

एक सातामै सडक र पुलमा एक अर्बको क्षति

वेमौसमी वर्षाका कारण सडक र पुलमा १ अर्ब ५ करोड रुपैयाँको क्षति भएको छ । सडक विभागका अनुसार, कात्तिकको पहिलो साता आएको वर्षाका १ अर्ब ५ करोड रुपैयाँ क्षति भएको छ ।विभागका अनुसार यसै वर्षको जेठ २५ देखि असोज ३० सम्म २ अर्ब ३५ करोड रुपैयाँको बराबरको सडक र पुलमा क्षति भएको थियो भने पछिल्लो […]

बाढीपहिरोले सडक र पुलमा मात्र साढे तीन अर्ब क्षति

२५ जेठयता परेको वर्षाका कारण आएको बाढीपहिरोलगायतले सडक र पुलमा मात्रै तीन अर्ब ४० करोड क्षति पुगेको छ । सडक विभागले सार्वजनिक गरेको विवरणअनुसार जेठदेखि भदौसम्ममा दुई अर्ब ३५ करोड रुपैयाँको...

बाढीपहिरोले सडक र पुलमा २५ करोडभन्दा बढि क्षति

पछिल्लो समय देशभर आएको अविरल वर्षासँगै बाढीपहिरोका कारण सडक तथा पुलमा करिब २५ करोड रुपैयाँभन्दा बढिको क्षति भएको छ । सडक विभागका अनुसार देशभर परेको वर्षाका कारण पुल तथा सडक गरेर प्रारम्भिक रुपमा करिब २५ करोड रुपैयाँभन्दा बढिको क्षति भएको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।विभागका अनुसार बुधबारसम्म ५ राजमार्गका १२ स्थानमा यातायात अवरुद्ध भएको […]

महाकालीको बाढीले क्षति पुर्याएको सडक

कञ्चनपुर, २ कात्तिकः लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पु¥याएको क्षति । बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै तटीय क्षेत्रमा जोखिम बढेको छ ।-तस्बिरः शेरबहादुर सिंह-रासस

बाढी पहिराेले क्षति पुर्‍याएकामध्ये १० ओटा सडक अझै अवरुद्ध

काठमाण्डाै – बाढी पहिरोका कारण अवरुद्ध १० ओटा सडक अझै पनि सञ्चालनमा आउन सकेका छैनन् ।  सडक विभागका अनुसार मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा आएकाे बाढी पहिरोले एक सय ५९ सडकमा क्षति पुर्‍याएकाे छ ।  अहिलेसम्म ५३ ओटा सडक दुवैतर्फ सञ्चालनमा आइसकेका र ९६ ओटा सडक एकतर्फी सञ्चालनमा आएका सडक विभागले जनाएकाे छ ।  अवरुद्ध १० ओटा सडक अझै पनि सञ्चालनमा आउन सकेका छैनन् सबैभन्दा धेरै  डुम्रे–बेंसीशहर–चामे सडकको धेरै स्थानमा क्षति पुगेको छ । यसका विभिन्न ६...

बाढीपहिरोबाट सडक र पुलमा १ अर्बभन्दा बढीको क्षति

काठमाडौं, असार १७ । यो वर्षको मनसुन शुरू भएयताका २ हप्ता अर्थात् मध्यअसारसम्ममा मात्रै बाढीपहिरोबाट मुलुकभरका सडक तथा पुलहरूमा १ अर्बभन्दा बढीको क्षति भएको छ । बाढीका कारण सडकहरू वासआउट हुँदा, पुल, डाइभर्सनहरू समेत बगाउँदा अहिलेसम्म उक्त रकम बराबरको क्षति भएको सडक विभागको प्रारम्भिक आकलन छ । जेठ ३१ गतेदेखि असार १५ गतेसम्ममा आइपुग्दा मुलुकभरका […]