म्याग्दी – मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक आज बिहीवारदेखि पुनः सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठेमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी खुलेको हो ।
वर्षाका कारण पहिरो खसेर गएको आइतवारदेखि बन्द भएको बेनी–जोमसोम सडक पहिरो पन्छाएपछि आजदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना स्तरोन्नतिको जिम्मा पाएको शर्मा गजुरमुखी जेभीको जेसिभी मेशिन मगाएर पहिरो पन्छाइएको ह...