प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग बिहीबार नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरले द्विपक्षीय हितका बारे भेटवार्ता गरेका छन् । मुख्यमन्त्री कार्यकक्षमा भएको भेटघाटमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई प्राथमिकतामा राखेर स्वीस सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले स्वीस सहायतामा सञ्चालन भएका परियोजना सम्पन्न गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहको बताए ।उक्त अवसरमा स्वीस राजदूत क्याप्लरले नवनियुक्त मुख्यमन्त्री राईसँग आफ्नो पहिलो शिष्टाचार भेट