१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस पर्न थालेको छ ।
५ दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका राईलाई गठबन्धन व्यवस्थापन गरेर मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको हो ।
आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाएर भए पनि भागबण्डा गर्ने अवस्थामा मुख्यमन्त्री राई पुगेका छन् । ५० जना प्रदेश सांसदको समर्थनमा कात्तिक १६ गते राई मुख्यमन्त्री नियुक्त भएका थिए । राईले मुख्यमन्त्री भएकै दिन ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्न कांग्रेसको अधिवेशनका कारणले ढिल...