भरतपुर विमानस्थलकाे टावर नजिकै आगलागी, १० मिनेटमै निभाइएकाले क्षति राेकियाे

भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित सामग्री

हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति

१८ चैत, काठमाडौं । गएरातिको हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति पुगेको छ । टावरमा क्षति पुगेपछि एफएमको प्रसारणमा पनि बाधा पुगेको छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले एफएमको टावरमा क्षति पुगेको बताए । तर विस्तृत विवरण थाहा नभएको उनले बताए । भक्तपुर एफएमका सदस्य सत्यनारायण मानन्धरले एफएमको टावर ढल्किएको र प्रसारण बन्द गरेको जानकारी […]

सोलुखुम्बुको बोल्दो पुलमा खसेकाे पहिराेले बेनी हाइड्रोपावरमा क्षति

सोलुखुम्बु - साेलुखुम्बुकाे साेलुदूधकुण्ड नगरपालिका-३ बाेल्दाेमा गएकाे पहिराेले बेनी हाइड्राेपावरकाे संरचनामा क्षति पुगेकाे छ । गएराति बाेल्दाे पुल छेउमा गएकाे पहिराेले ११ दशमलव ८ मेगावटकाे बेनी हाइड्राेपावरकाे ट्रान्समिसन लाइनमा क्षति पुर्याएकाे हाे।  पहिरोले हाइड्रोपावरको ट्रान्समिसन लाइनको एक नम्बर टावर नै क्षतिग्रस्त भएको आयोजनाका (प्लान्ट म्यानेजर) देवदत्त दुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार ठूलाठूला ढुङ्गासहितको पहिरोले आयोजनाको अन्य विद्युतीय उपकरणहरुमा समेत क्षति पुगेको छ । पहिरोका कारण...

लगातारकाे वर्षाले विद्युतीय संरचनामा क्षति, ठाउँ–ठाउँकाे बिजुली आपूर्तिमा अवराेध

काठमाण्डाै – लगातारकाे वर्षा, हावाहुरी, बाढी–पहिरो र चट्याङका कारण देशका विभिन्न ठाउँमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको बिजुली आपूर्ति बन्द भएको छ । मुख्यरूपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङलगायतका जिल्लामा विद्युत् प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ ।  दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत बेलडाँगी भन्ने ठाउँमा पहिरोले टावर ढालेको आशङ्का गरिएको छ ।  प्रा...

भारतमा भ्रष्टाचारलाई चोट, 'सेटिङ' गरी बनाइएको ३२ तले टावर बन्यो खरानी

भारत उत्तर प्रदेशस्थित नोएडाको नक्साबाट ३२ तलावाला दुई टावर मेटिएका छन् । छेउछाउका भवनमा क्षति नपुर्‍याई केही सेकेण्डमै गगनचुम्बी टावर ध्वस्त पारिएको हो

हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध

चितवन, १० वैशाख । पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उनले जानकारी […]

हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध

पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको  हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए ।हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उनले जानकारी दिए  । एक महिनाअघिमात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो । सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो ।

प्रसारण लाइनको टावर र पार्क पहिरोको जोखिममा

धरान । केही दिनअघिको वर्षाले सुनसरीको विष्णुपादुका क्षेत्रका डाँडा भासिन थालेपछि राष्ट्रिय गौरवका योजनासहित पर्यटकीय पूर्वाधार जोखिममा परेका छन् । विष्णुपादुका–२० बाट विस्तार गरिएको २२० केभी प्रसारण लाइन अन्तर्गत चिण्डेडाँडा हुँदै सुलिकोट र तामाखाम जाने चोकमा रहेको टावर पहिरोको जोखिममा परेको छ । यस्तै पर्यटक प्रवद्र्धनका लागि निर्माण गरिएको सेक्ष एड्भेञ्चर पार्कमा पनि पहिरोले क्षति पुग्ने खतरा देखिएको छ । पार्कका सञ्चालक वासुदेव बरालका अनुसार टावर राखिएको स्थान भासिँदै गएको छ भने कच्ची सडक पनि चिरा परेर पहिरो जाने सम्भावना बढेको छ । त्यसकै तल्लो भागमा रहेको पार्क जोखिममा रहेको छ । बरालका अनुसार उक्त स्थानमा टावर निर्माण गर्दा एउटा डाँडा काटिएको थियो । डाँडा काटेर ठड्याइएको प्रसारण लाइनको टावर जोगाउन पक्की वाल निर्माण गरिएको छ । उक्त वाललाई पनि जोगाउन ग्याबिन वाल बनाइएको छ । ग्याबिन वालको छेउमा रहेको माटोको थुप्रो भारलाई ग्याबिन वालले थेग्न नसकेर भत्कन शुरू गरेको उनले बताए । ‘बाटो चिरा चिरा परेको छ भने ग्याबिन वालले ठाउँ छोडेर खस्नै लागेको छ, यो पूरै खस्यो भने तल रहेको सेक्ष एड्भेञ्चर पार्कमा ठूलो क्षति पुग्छ,’ उनले भने । तुरुन्त रोकथाम गर्न नसकिए टावरको संरचना, कम्पाउण्ड वाल सबै भत्किने उनले बताए । ठूलो पानी पर्दा ग्याबिन वाल भत्किएर खस्ने खतरा रहेको भन्दै उनले सम्बन्धित निकायले चाँडो ध्यान दिन पनि आग्रह गरे । सेक्ष एड्भेञ्चरले जोखिम न्यूनीकरणका लागि उपमहानगरपालिकामा निवेदन दिए पनि हालसम्म कुनै प्रयास नभएको उनी बताउँछन् । केही दिनअघि वडाअध्यक्ष, सदस्यहरू अवलोकन गर्न आउँदा जालीको ढुंगाहरू निकालेर भार कम गर्ने भने पनि थप पहल नभएको उनले गुनासो गरेका छन् ।

व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध

काठमाडाैं। दार्चुलाको व्यास गाउँपालिकास्थित तिङ्कर र छाङ्ग्रुमा ७ महिनादेखि स्काइ टावर अवरूद्ध भएको छ। टेलिफोन सेवा अवरूद्ध हुँदा त्यहाँ कार्यरत सरकारी कर्मचारी समेत प्रभावित बनेका छन्। छाङ्ग्रुमा सशस्त्र प्रहरीसँग मात्रै ल्याण्डलाइन फोन सेवा छ। छाङ्ग्रुमा रहेको स्काई फोन सेवा गत मङ्सिरदेखि अवरुद्ध छ। हिमपातले व्यासको स्काई फोन टावरको अधिकांश सामग्रीमा क्षति पुर्‍याएको छ।

सेनाले जोगायो मोबाइल र रेडियोको टावर

लमजुङ । नेपाली सेनाले लमजुङका दुईवटा सामुदायिक रेडियो र टेलिफोन टावरमा आगलागी हुनबाट बचाएको छ । बेंसीसहर–१, उदिपुरस्थित श्रीजङ गणको टोलिले स्थानीय कालिका सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिएर रेडियो र टेलिफोन टावरमा क्षति हुनबाट जोगाएको हो ।सेनाको सक्रियतामा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएपछि सुन्दरबजार–५, तार्कु गहते डाँडामा रहेको टावरहरुमा सुरक्षित भएका हुन् । […]

चट्याङले क्षति भएको टावर मर्मत नहुँदा दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध

काठमाण्डाै – दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका छन् । जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा  रहेको  नमस्ते  मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि नेपाल  टेलिकम  क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराएको भए पनि हालसम्म मर्मत हुन नसकेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।   नेपाल टेलिकम क्षेत्रीय कार्यालयका उपनिर्देशक शिव खनालले...