काठमाण्डाै – लगातारकाे वर्षा, हावाहुरी, बाढी–पहिरो र चट्याङका कारण देशका विभिन्न ठाउँमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको बिजुली आपूर्ति बन्द भएको छ ।
मुख्यरूपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङलगायतका जिल्लामा विद्युत् प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ । दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत बेलडाँगी भन्ने ठाउँमा पहिरोले टावर ढालेको आशङ्का गरिएको छ ।
प्रा...