चट्याङले क्षति भएको टावर मर्मत नहुँदा दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध

काठमाण्डाै – दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका छन् । जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा  रहेको  नमस्ते  मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि नेपाल  टेलिकम  क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराएको भए पनि हालसम्म मर्मत हुन नसकेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।   नेपाल टेलिकम क्षेत्रीय कार्यालयका उपनिर्देशक शिव खनालले...

सम्बन्धित सामग्री

भोटखोलामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

चार दिनअघि परेको चट्याङले संखुवासभाको भोटखोलामा रहेको नेपाल टेलिकमको माक्पालुङ टावर बिगारेपछि सञ्चार सेवा ठप्प भएको छ ।

सम्पर्क विहीन भोटखोला, जनतालाई सास्ती

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।

हिउँ पन्छाएपछि व्यास क्षेत्रमा फोन सेवा सुचारु

दार्चुलाको व्यास गाउँपालिकामा हरेक बर्ष हिमपातका कारण सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । गत सातादेखि भएको हिमपातका कारण अवरुद्ध सञ्चार सेवा हिउँ पन्छाएपछि सुचारु भएको छ । हिमपातका कारण सञ्चार विहीन बनेको व्यास क्षेत्रमा शुक्रबारबाट फोन सेवा सुचारु भएको स्थानीय करन खत्रीले जानकारी दिनुभयो । दार्चुला–तिङ्कर सडकमा कार्यरत नेपाली सेना, कर्मचारी र स्थानीय युवाको टोलीले टावरको सोलार प्यानलमा थुप्रिएको हिउँ पन्छाएपछि टावर सञ्चालनमा आएको खत्रीले बताउनुभयो ।

कालीकोटमा एक सातादेखि सञ्चार सेवा अवरुद्ध

साउन २१, कालीकोट । कालीकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ ।  कालीकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको हो । टावरमा खराबी आउँदा मोबाइल र ल्याण्डलाईन फोनसमेत सञ्चालन हुन नसक्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको व्यापारी भीमप्रसाद आचार्यले बताए । ‘टेलिफोन र मोबाइल सेवा सञ्चालनमा आउन सकेका छैनन्’, उनले भने, ‘बाहिर सम्पर्क गर्न टेलिफोन र इन्टरनेट सेवासमेत अवरुद्ध छ ।’ इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय सेवाबाट सञ्चालनमा समस्या रहेको मेघा बैंकका कालीकोट शाखा प्रबन्धक रोहनकुमार विष्टले बताए । ‘फोन सेवा अवरुद्ध हुँदा इन्टरनेट सेवा सञ्चालनमा आएको छैन’, उनले भने, ‘इन्टरनेट नहुँदा बैंकिङ सेवा लिन सेवाग्राही मर्कामा परेका छन् ।’ टावरमा आएको खराबीका कारणले टेलिफोन सेवा अवरुद्ध रहेको र टावर सञ्चालनका लागि काम भइरहेको नेपाल टेलिकम कार्यालय मान्मका प्राविधिक टोपराज न्यौपानेले जानकारी दिए । ‘टावरमा खराबी आउँदा फोन सेवा अवरुद्ध भएको हो । अहिले पनि मर्मतको काम चलिरहेको छ’, उनले भने, ‘नेपालगञ्जबाट थप सामान आइसकेको छ, चाँडै टेलिफोन सेवा सञ्चालन हुनेछ ।’ टेलिफोन सेवा अवरुद्ध हुँदा कालीकोटका नागरिक बाहिरी सम्पर्कबाट टाढा रहेको नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका शिक्षक शेरबहादुर विष्टले बताए । ‘एक हप्तादेखि बाहिर रहेका आफन्तसँग सम्पर्क हुनसकेको छैन’, उनले भने, ‘फोन सेवा अरुवद्ध भएका कारणले अनलाइन कक्षा पढ्ने विद्यार्थी मर्कामा परेका छन् ।’ रासस

सञ्चार सेवा अवरुद्ध हुँदा तीन जिल्ला प्रभावित

जाजरकोट, ५ असार: मौसममा देखिएको परिवर्तनसँगै जाजरकोटलगायत तीन जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । विगत एक सातादेखि लगातारको वर्षाका कारण मछाइनास्थित रिपिटर टावरको सोलार चार्ज नहुँदा जिल्लाको फोन सञ्चार सेवा अवरुद्ध भएको हो । जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । तर सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटर […]

हिमपातले मुगुमा ४ दिनदेखि सञ्चार सेवा अवरुद्ध

हिमपातले मुगुमा ४ दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । शुक्रबारको भारी हिमपातले जुम्लाको घुच्चीलेकस्थित नेपाल टेलिकमको टिपिटर टावर बिग्रिएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । जिल्लाभरि जीएसएम मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा बन्द भएको छ ।

रिपिटर टावर नहुँदा डोल्पामा सञ्चार सेवा समस्या

नेपाल टेलिकमको रिपिटर टावर कम हँुदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । जिल्लामा रहेका १३ टावरमध्ये छ स्थानमा स्याटेलाइट, पाँचस्थानमा माइक्रोवेभ र दुईवटा रिपिटर प्रविधिबाट सञ्चालन आएका छन् ।