रोयल इन्फिल्डको नयाँ मोडल मेटिओर सार्वजनिक

काठमाडौं (अस) । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड ब्रान्डको क्रुजियर्स सिरिजमा नयाँ मोडलको ३५० सिसीको मेटिओर मोटरसाइकल सार्वजनिक गरेको छ । मेटिओर ३५० सिसीअन्तर्गत फायर बल, स्टेलर र सुपरनोभा गरी तीन भेरियन्ट रहेका छन् । यसमा फायर बलको दुई, स्टेलारको तीन र सुपरनोभा दुई  रङमा उपलब्ध हुनेछन् । कम्पनीका अनुसार मेटिओर ३५० सिसी क्रुजियर्स सिरिजको मोटरसाइकल हो, जसमा जे सिरिजको एयर आयल कुलेड सोहज् इन्जिन रहेको छ । इन्धनको कार्यकुशलताका लागि इलेक्ट्रिोनिक फ्युल इन्जेक्सन भएको यो मोटरसाइकलमा थप सुरक्षाका निम्ति ड्युल च्यानल एबीएस पनि रखिएको छ । मोटरसाइकलमा टर्न टू टर्न नेभिगेसनका लागि गुगलसँगको सझेदारीमा बनाइएको ट्रिपरपोड र मोबाइल फोन चार्ज गर्न यूएसबी चार्जिङ पोर्ट समावेश रहेको कम्पनीले बताएको छ । नयाँ पिँढीलाई लक्षित गरेर उत्पादन गरिए पनि यो मोटरसाइकलले सबैको मन जितिरहेको कम्पनीको दाबी छ । विवेक अटोमोबाइल्सले आफ्ना १९ वटै शाखा तथा डिलरमा मेटिओर ३५० सिसी बिक्री प्रवद्र्घन सुरु गर्ने भएको छ । बीएस भीआई संस्करणअन्तर्गतको यो मोटरसाइकलमा कम्पन घटाउन ब्यालेन्सर साफ्ट पनि राखिएको छ । कम्पनीले मेटिओर ३५० सिसीअन्तर्गत फायर बलको मूल्य ६ लाख, स्टेलारको मूल्य ६ लाख १७ हजार र सुपरनोभाको मूल्य ६ लाख ४५ हजार रुपैयाँ तोकेको छ । कम्पनीले यो मोटरसाइकल साउन १४ गतेदेखि १९ वटै शाखा तथा डिलरबाट बुकिङ तथा बिक्री गरिने जनाएको छ ।  

सम्बन्धित सामग्री

कृषि अनुदानको मोडल परिर्वतन

कृषि क्षेत्रमा दिइँदै आएको अनुदान दुरूपयोग भएको गुनासो आइरहेका बेला सरकारले कृषि अनुदानको मोडल नै परिर्वतन गर्ने घोषणा गरेको छ।...

नेपाल मोडल र स्कोलर्सलाई सफलता

नेपाल मोडल र स्कोलर्स होम्सले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेका छन्।...

नेपाल मोडल र स्कोलर्सलाई सफलता

नेपाल मोडल र स्कोलर्स होम्सले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेका छन्।...

नेपालका लागि उत्तम तीनवटा एसयूभी मोडल सार्वजनिक

कियाले आफ्ना तीन मोडल– सेल्टोस, सोनेट र सारेन्टो हाइब्रिड नेपाली बजारमा सार्वजनिक गरेको छ ।नेपालको कच्ची र पक्की दुवै किसिमका सडकलाई मध्यनजर गर्दै किया कम्पनीले यी तीन मोडल सार्वजनिक गरेको हो ।

पल्सरको नयाँ मोडल सार्वजनिक

हंशराज हुलासचन्द एण्ड कम्पनीले पल्सर मोटरसाइकलका नयाँ मोडल सार्वजनिक गरेको छ।कम्पनीले बजाजको पल्सर एन २५० र एन १६० बजारमा ल्याएको हो।...

चर्चित मोडल गरिमाले फिल्ममा डेब्यु गर्दै

काठमाडौं । चर्चित मोडल गरिमा शर्माले ‘लण्डन टु पेरिस’बाट फिल्म डेब्यु गर्न लागेकी छन् । मोडल शर्माले एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि हालै सम्झौता गरेकी हुन्। निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म ‘लण्डन टु पेरिस’ मा मुख्य भुमिकाको लागि मोडल शर्मा छानिएकी छन् । निर्देशक लामिछानेले भने यसअघि धौली, अग्निदहन, पञ्चेबाजा […]

गठबन्धनका दुई मोडल : झापा भर्सेस भरतपुर !

राजनीति खेल्न सिपालु एमाले अध्यक्ष केपी शर्मा ओली हरेक चुनावमा गठबन्धन बनाउँछन् । तर, चुनावपछि एमालेले एक्लै जितेको प्रचार गरिन्छ । अर्का खेलाडी माओवादी अध्यक्ष प्रचण्डले पनि गठबन्धनको खेल खेल्न थालेका छन् । तर, प्रचण्डको गठबन्धन मोडल प्रायः अस्थिर र विवादित बन्ने गर्छ ।नेपालमा पछिल्लो समय चुनावी गठबन्धनका दुईवटा मोडल प्रयोगमा आएका छन् : एउटा भरतपुरको मोडल, अर्को झापाली मोडल । अर्थात्, एउटा केपी ओलीको ‘साइलेन्स’ मोडल, अर्कोे होहल्लासहितको माओवादी मोडल ।एमाले अध्यक्ष ओलीले सार्वज

सुपर प्लस साइज मोडल नेपाल प्रतियोगिता हुने

मोटी युवती लक्षित सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’ को चौथो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने भएको छ । आयोजक मोडल सङ्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो ।१६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवतीले प्रतियोगितामा भाग लिन सक्नेछन् । आयोजक संस्थाका प्रमुख डेविल सिंह राजपुतले मोटोपनाका कारण हिनताबोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिबृद्धि गरि समाजमा सकारात्

एलिजा गौतमलाई उत्कृष्ट मोडल अवार्ड

मोडल एंव ऋषि धमला पत्नी एलिजा गौतमले उत्कृष्ट मोडल अवार्ड पाएकी छन्। विराट मिडिया नेटवर्कले गौतमलाई ‘आटो पिठो’ गीतबाट उत्कृष्ट मोडल घोषणा गर्दै उक्त अवार्ड दिएको हो।...

सन् २०२२ सम्म बेनेलीका तीन नयाँ मोडल सार्वजनिक हुने

बेनेली इन्डियाले सन् २०२२ को अन्त्यसम्मा तीन नयाँ मोडल सार्वजनिक गर्ने भएको छ।