बाग्लुङ - बाग्लुङको दक्षिण क्षेत्र जोड्ने बाग्लुङ–कुश्मिसेरा सडक बन्द भएको तीन महिनापछि खुलेको छ । बाग्लुङ नगरपालिका–१० दब्लाङमा असारमा गएको ठूलो पहिरोले सडक खण्डसहित कालीगण्डकी करिडोरसमेत बन्द बनेको थियो ।
सडक नियमित गर्ने प्रयास गरिए पनि पहिरो झर्ने जोखिमका कारण दक्षिण क्षेत्रका नागरिकले तीन महिनायता सास्ती खेप्नु परेको थियो । सडक खुलेसँगै दशैँमा घर जान आउन सहज भएको छ । निरन्तरको दबाबपछि दुई हप्ता अघि मर्मत सुरु गरिए पनि वर्षा भएका कारण सडक पहिरोले बगाएपछि सडक सञ्चालनमा ल्याउन केही ढिलाइ भएको...