काठमाडौंको कलंकी क्षेत्र वर्षौंदेखि नै खानेपानीको अभाव भएको ठाउँ हो । यहाँका बासिन्दाले वर्षौंदेखि दुःख पाइरहेका छन् । वर्षौंदेखि हप्तामा एक दिन मात्र पानी वितरण हुँदै आएको छ । एक दिन ५०–५५ मिनेट दिएको करिब एक हजार लिटर पानीले हप्ताभरको न्यूनतम आवश्यकता कसरी पूरा गर्न सक्छ ? बहुप्रतीक्षित मेलम्चीको पानी आउला भन्ने आशामा यहाँका बासिन्दा दुःखै गरेर बसे । काठमाडौंको पूर्व र उत्तर क्षेत्रमा कतै सधैं, कतै दिनैपिच्छे दिनैभरि, कतै दिन बिराएर र कतै सातामा दुई पटक पानी वितरण गर्ने काठमाडौं खानेपानी लिमिटेडलाई गुनासो गर्न पनि गएनौं ।