उद्योग मन्त्रालयका अधिकृत र कलंकी मालपोतका नासु जग्गा कीर्ते प्रकरणमा पक्राउ

प्रहरीले उद्योगका मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गा कीर्ते प्रकरणमा अधिकृत विनोद दाहाल र नासु नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । दाहाललाई धनगढी जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र श्रेष्ठलाई कलंकी मालपोतमाबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । राजधानीको सामाखुसीमा रहेको जग्गालाई नक्कली धनी खडा गरी श्रेष्ठ र दाहालले कीर्ते गरी बेचबिचखन गरेको उजुरीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं