कोरोना महामारीका कारण बेलायतमा सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क कोरोना परीक्षण शुक्रबारबाट अन्त्य गरिँदैछ । सर्वसाधारण जनताहरुको लागि निःशुल्क कोरोना परीक्षणसम्बन्धी सेवा अप्रिल १ बाट अन्त्य गरिने सरकारले घोषणा गरिसकेको छ ।तर, निश्चित समूहका मानिसका लागि भने उक्त सेवा कायमै राखिएको छ । राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारी तथा सोझै बिरामीहरुको हेरचाहमा संलग्न केयरहोमलगायत जेल तथा उच्च जोखिम घरेलु दुर्व्यवहार शरणार्थी जस्ता ठाउँमा काम गर्ने मानिसहरूका लागि उक्त सेवा यथाव
फागुन १३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रवार बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।
उनका अनुसार वीरअस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन् ।
सबै प्रक्रिया पूरा गरिसकेर टिकट लिइसकेको श्रमिकलाई निःशुल्क परीक्षण गर्न थालिएको हो । सरकारले पीसीआर परीक्षणको शुल्क रू. ८०० तोेकेको छ । रासस
एजेन्सी । सरकारले वैदेशिक रोजगारीमा जाने सबै नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क पीसीआर परीक्षण गर्ने जनाएको हो । यसअघि पीसीआर परीक्षणको शुल्क लिँदै आएकामा अब वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजपत्र लिएर जाने सबै व्यक्तिको निःशुल्क परीक्षण गरिने मन्त्रालयले […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । उनका अनुसार वीर अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन्
बाजुरा– बाजुरामा पीसीआर परीक्षण निःशुल्क हुन थालेको छ। जिल्ला अस्पताल बाजुराले सञ्चालनमा ल्याएको पीसीआर ल्याबमा कोरोना परीक्षण निःशुल्क भइरहेको अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए। अस्पतालले कोभिड परीक्षण लक्षित गर्दै हालै ल्याब सञ्चालनमा ल्याएको हो। सेवा सञ्चालन आएपछि एक सय ७६ जनाको पीसीआर परीक्षण भइसकेको छ। जसमध्ये ५० जनामा पोजेटिभ देखिएको छ। अन्यत्र सरकारी अस्पतालमा […]
सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कोरोना परीक्षण निशुल्क गराउन सरकारसँग माग गरेका छन्। शिवाकोटीले खर्च अभावमा नागरिकले कोरोना परीक्षण गर्न सक्ने अवस्था नरहेका भन्दै सरकारको ध्यानाकर्षण गराएका...
काठमाडौं, ५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण गर्ने जनाएको छ । अन्यका लागि ८०० रुपैयाँ तोकिएको छ । यसअघि १ हजार तोकिएको थियो । यसैगरी, निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क २ […]
बुटवल, (नेस) । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका प्रमुख सडक तथा चोकमा निःशुल्क कोरोना संक्रमण परीक्षण शुरू गरेको छ । लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमैं रहेको भन्दै नगरपालिकाले संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रित गरेको हो । ‘सडक एन्टिजन टेस्ट’ नाम दिइएको कोरोना परीक्षण कार्यक्रमको मणिग्राम चोकमा सुभारम्भ गर्दै नगर प्रमुख […]