बाजुरा– बाजुरामा पीसीआर परीक्षण निःशुल्क हुन थालेको छ। जिल्ला अस्पताल बाजुराले सञ्चालनमा ल्याएको पीसीआर ल्याबमा कोरोना परीक्षण निःशुल्क भइरहेको अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए। अस्पतालले कोभिड परीक्षण लक्षित गर्दै हालै ल्याब सञ्चालनमा ल्याएको हो। सेवा सञ्चालन आएपछि एक सय ७६ जनाको पीसीआर परीक्षण भइसकेको छ। जसमध्ये ५० जनामा पोजेटिभ देखिएको छ। अन्यत्र सरकारी अस्पतालमा […]