काठमाडौँ -नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले जिल्ला प्रशासन कार्यालयलाई बलियो बनाएर प्रदेश र स्थानीय तहलाई कमजोर पार्न लागिपरेको आरोप लगाएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेर कोइरालाले प्रदेश र स्थानीय तहका राजनीति संरचना बलियो बनाउनुपर्नेमा जिल्लाका प्रशासनिक संरचना मार्फत केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास भएको टिप्पणी गरेका छन्। गृह मन्त्रालयले ७७ नै […]