सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको क्याबिनेट बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १६५ रुपैयाँ निर्धारण गरेको हो ।त्यस्तै बैठकले सिन्धुपाल्चोक जिल्ला साबिक तातोपानी गाविस अन्तरगत पर्ने ९ रोपनी सरकारी जग्गा भोटेकोशी गाउँपालिकालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिएको छ । यता बारा जिल्ला साबिक प्रसौनी गाविस वडा नम्बर ४ स्थित नेपाल सरकारको नाममा दर्ता कायम रहेको ५–०–१२ बिघा जग्गा प्रसौनी पोलिटेक्निक इन्