भारतमा खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य बढ्यो

भारत सरकारले खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य बढाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य वृद्धिको घोषणा गरेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । सरकारले २०२२–२३ का लागि १७ वटा बालीको न्यूनतम मूल्य बढाएको छ । ती बालीहरुमा यस अघि सन् २०१८–१९ को तोकिएको मूल्य अन्तर्गत औसत लागत मूल्यको कम्तीमा ५० प्रतिशत मूल्य बढेको छ । तेलहन, दलहन र खस्रो अन्नको मूल्य धेरै बढेको छ । भारतीय सूचना तथा प्रसारण ...

सम्बन्धित सामग्री

धानको समर्थन मूल्य बढ्यो

सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयअनुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल रु. दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु. तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ […]

दुधको मूल्य बढ्यो, अब एक लिटर कै ८५ रुपैयाँ

प्रशोधित दुधको मूल्य बढेको छ । सरकारको स्वामित्वमा  रहेको दुग्ध विकास  संस्थान डीडीसीले दूधकाे उपभोक्ता मूल्य  प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५  रुपैयाँ निर्धारण  गरेको हो ।डीडीसीको  बुधबार बसेको  सञ्चालक  समितिको बैठकले  दूधको मूल्य प्रति लिटर ७६ रुपैयाँबाट बढाएर प्रति लिटर ८५ रुपैयाँ निर्धारण  गरेको  हो ।    बढेको नौ रुपैयाँमा मध्ये प्रतिलिटर  ६ रुपैयाँ ५२  पैसा  किसानले पाउने र प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीले पाउने डीडीसीले जनाएको छ ।यस अघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५६.०४ पैसा कायम गरेको थियो।  किसानबाट खरिद गर्ने कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ पैसा रहेकोमा सरकारले १३.१७ प्रतिशतले अर्थात् प्रतिलिटर ६.५२ रुपैयाँ मूल्य बढाएको थियो । दूधको मूल्य फ्याट र एसएनएफका आधारमा गरिएको थियो। हाल दूधको न्यूनतम फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांशबाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ।  फ्याटको मूल्य १३.५ प्रतिशतले प्रतिलिटर २७.२४ रुपियाँ र एसएनएफको मूल्य १३ प्रतिशतले प्रतिलिटर २८.८ रुपियाँ गरी दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरिएको छ। यो मूल्य सहकारीको कमिसनबाहेक हो। मन्त्रिपरिषद्को निर्णयपछि कृषि मन्त्रालयले उपभोक्ताको  लागि  प्रशोधित  दूधको  मूल्य निर्धारण  गर्ने जिम्मेवारी डीडीसीलाई  दिएको थियो।

दूधको मूल्य बढ्यो

सरकारले किसानबाट खरीद गरिने दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५६.०४ पैसा कायम गरेको हो। यसअघि किसानबाट खरिद गर्ने कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ पैसा थियो। सरकारले १३.१७ प्रतिशतले अर्थात् प्रतिलिटर ६.५२ रुपैयाँ मूल्य बढाएको हो। दूधको मूल्य फ्याट र एसएनएफका आधारमा गरिएको कृषि मन्त्रालयले जनाएको छ। हाल दूधको न्यूनतम फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांशबाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ।  फ्याटको मूल्य १३.५ प्रतिशतले प्रतिलिटर २७.२४ रुपियाँ र एसएनएफको मूल्य १३ प्रतिशतले प्रतिलिटर २८.८ रुपियाँ गरी दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरिएको छ। यो मूल्य सहकारीको कमिसनबाहेक हो।यो किसानबाट खरीद गरिने दुधको मूल्य हो ।  उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले तय गर्ने छ। यसअघि कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपियाँ र त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपियाँ मन्त्रालयलाई सिफारिस गरेको थियो।