हुम्ला - जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागि जिल्ला बाहिर जाने टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ ।
टिकट नपाए पछि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका ६० वर्षीय वीरजित शाही उपचारमा जान पाउनु भएन ।
शाहीले टिकट पाए पनि कुरुवाले टिकट नपाएपछि हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएको उहाँका छोरा दीर्घ शाहीले बताउनुभयो । यसैबीच, विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ ...