अनलाइन गेममा किशोरले खर्च गरिदिए आमाको १६ लाख रूपैयाँ
पछिल्लो समय अनलाइन गेम खेल्ने बालबालिका तथा किशोरकिशोरीको संख्या बढ्दै गएको छ। लामो समय पब्जी र फ्रिफायर जस्ता खेल खेल्नेहरुमा नकारात्मक प्रभाव पर्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन्।
यस्ता गेमको लतमा फसेका...
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन तथा विक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा फागुन ४ गते हुनेछ भने ढिलोमा फागुन १५ गते हुनेछ ।
बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले बैंकलाई ईक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्
काठमाडौं । मेन्छियाम हाईड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि वैशाख ४ गतेदेखि निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणमा ९ लाख ३४ हजार ९१५ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।
जारी पूँजीको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएकोमा ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै स्थानीयमा वितरण भएको छ ।
जारी पूँजीको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो ।
बाँकी शेयरमध्ये २२ हजार ४३९ कित्ता कर्मचारीहरूलाई र ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधिभित्र मात्र विक्री गर्न लागिएको हो ।
लगानीकर्ताले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले संखुवासभा जिल्लामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी हाल परिक्षण उत्पादन शुरू गरेको छ । यस आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ ।
अधिकृत पूँजी ५५ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रहेको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी पछि कम्पनीको चुक्तापूँजी ५४ करोड २५ लाख ८३ हजार रूपैयाँ कायम हुनेछ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । गत चैत २८ गतेदेखि सर्वसाधारणमा विक्री खुला गरिएको दोल्ती पावर कम्पनी लिमिटेड doltipower company limited को आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा आईपीओ बाँडफाँट गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता शेयर कम्पनीले बाँडफाँट गरेको हो । स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता शेयर विक्री खुला गरेको थियो । स्थानीयमा वितरण हुन नसकेको बाँकी शेयरसमेत सर्वसाधारणमा थप गरी विक्री खुला गरिएको हो ।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत दरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीका कर्मचारीका लागि छुट्याएको शेयर समेत बाँडफाँट गरिसकेको कम्पनीले सामूहिक लगानीकोषका लागि ६८ हजार १७ कित्ता शेयर सुरक्षित गरी बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।
मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिसम्म मात्र कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । । इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल ए देखि इक्रा एनपी इस्यूअर डी सम्मको रेटिङ प्रदान गर्ने गर्दछ ।
इक्रा नेपालले प्रदान गर्ने इक्रा एनपी इस्यूअर त्रिपल ए रेटिङले सबैभन्दा कम जोखिम अर्थात उच्च सुरक्षित गरेको संकेत गर्दछ भने इक्रा एनपी इस्यूअर डी रेटिङले सबैभन्दा बढी जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले दैलेख जिल्लामा ४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । २०७७ साल फागुन ८ गतेदेखि व्यापारिक उत्पादन गर्ने मिति तय गरिएको उक्त आयोजनाबाट निर्धारित अवधिभन्दा अगाबै २०७६ साल पुस ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्न कम्पनी सफल भएको हो ।
४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला जलविद्युत आयोजनाको कुल निर्माण लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ । यस आयोजनको विद्युत् उत्पादन अनुमति पत्र बहाल रहने अवधि २१०९ साल असोज २८ गतेसम्म रहेकाले अझै ३० वर्ष बाँकी रहेको छ ।
काठमाडौं । अमेरिकी विद्युतीय सवारी सधान निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको अर्बपतिहरुको सूचीअनुसार एकै दिनमा झन्डै ७ अर्ब डलर नेटवर्थ थपिएपछि उनी पुनः सूचीको पहिलो नम्माबरमा आएका छन् ।
मंगलवार ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा मस्कको नेटवर्थ १ खर्ब ८७ अर्ब डलर छ । यो अघिल्लो दिनको भन्दा ६ अर्ब ९८ करोड डलर धेरै हो । सूचीमा दोस्रो स्थानमा झरेको फ्रान्सेली लक्जरी व्यापारी बर्नार्ड आर्नोको नेटवर्थ भने १ खर्ब ८५ अर्ब डलर छ । एक दिन अघिको तुलनामा आर्नोको सम्पत्ति पनि ३ अर्ब ६९ करोड डलर बढेको छ । तेस्रो स्थानमा १ खर्ब १७ अर्ब डलरसहित अमेरिकी अनलाइन खुद्रा विक्रेता कम्पनी एमाजनका जेफ बेजोस छन् ।
यो वर्षको अहिलेसम्मको अवधिमा टेस्लाको शेयर मूल्य ७० प्रतिशतभन्दा धेरैले बढेको छ । केही महीना यता प्रविधि क्षेत्रको शेयरमा देखिएको सेल अफ र अन्य विवादका कारण कम्पनीको शेयर मूल्य ओरालो लाग्दा अर्बपतिको सूचीमा मस्कको वरियता पनि खस्किएको थियो । डिसेम्बरमा आर्नोले मस्कलाई उछिनेर विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । जनवरी ३ मा टेस्लाको शेयर मूल्य प्रतिकित्ता १०८ डलर १० सेन्ट थियो । सोमवार बजार बन्द हुँदा यो २०७ डलर ६३ सेन्टमा उक्लिएको थियो ।
गएको वर्ष मस्कको लागि निकै उतारचढावमय रह्यो । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर किनेयता टेस्लाको शेयरमा दबाब देखिएको छ । तर यो वर्ष मस्कको लागि फापेको देखिन्छ । मस्कको अहिलेको सम्पत्ति सन् २०२१ को अन्त्यतिरको भन्दा चाँहि निकै कम हो । त्यति बेला उनको नेटवर्थ ३ खर्ब डलर भन्दा धेरै थियो । त्यसपछि उनले टेस्लाको करीब २० अर्ब डलरको शेयर बेचेर ट्विटर किन्ने पैसा जुटाउन थाले । अनि २०२२ मा टेस्लाको शेयर मूल्यमा तीव्र कमी आयो ।
अमेरिकाले महँगीमा अंकुश लगाउन धमाधम ब्याजदर बढाउन थालेपछि टेस्लाको शेयर झनै रातो भयो । यो वर्ष पनि मस्कले आफ्नो अधिकांश ध्यान ट्विटर मै दिएका छन् । तर अहिले भने लगानीकर्ताहरुले टेस्लामा फर्किन थालेका छन् । मस्कले टेस्लाको झन्डै १ करोड १६ लाख कित्ता शेयर परोपकारी संस्थानालई दिएका थिए । यसको मूल्य २ अर्ब ४० करोड हाराहारी भएको बताइएको छ । मस्कले सन् २०२१ म पनि करीब ६ अर्ब डलर बराबरको शेयर दान दिएका थिए । यो विश्वको इतिहासको सबैभन्दा ठूलो दान थियो । एजेन्सी
काठमाडौं । सरकारले सहकारीहरूलाई सहकारी तथा गरीबी निवारण प्रणाली (कोपोमिस) मा आबद्धता अनिवार्य गर्ने भएको छ । सहकारीको अभिलेख तथा नियमनलाई व्यवस्थित गर्न नियामक निकायलाई गर्ने रिपोर्टिङ अनलाइनमा आधारित सफ्टवेयरमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको हो ।
सहकारी दर्तादेखि अनुगमनसम्म अनलाइनबाट गर्ने गरी पाँच वर्षअघि नै सरकारले अनलाइनमा आधारित सफ्टवेयर कोपोमिस शुरू गरेको थियो । यस अवधिमा थोरै संस्था मात्र यसमा आवद्ध भएपछि संघीय सहकारी विभागले यसलाई अनिवार्य गर्न लागेको हो ।
विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सरकारले प्रदान गर्ने विभिन्न सेवा लिनका लागि कोपोमिसमा आबद्धता अनिवार्य गर्न लागिएको जानकारी दिए । ‘सरकारले सहकारीलाई दिने अनुदानदेखि करचुक्ताको प्रमाणपत्रका लागि समेत कोपोमिसमा आबद्धता अनिवार्य गर्न लागेका छौं,’ उनले भने, ‘यसका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।’
भूमिसुधार तथा गरीबी निवारण मन्त्रालयले २०७३ चैतबाट कोपोमिस कार्यान्वयन शुरू गरेको थियो । एकातर्फ सफ्टवेयरमा देखिएका प्राविधिक समस्या र अर्कोतर्फ प्रयोगकर्ताको उदासिनताका कारण यो प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
संघीयता कार्यान्वयनसँगै प्रदेश र स्थानीय तहमा सहकारीको अधिकार पुगेपछि कोपोमिसको कार्यान्वयन झनै ओझेलमा पर्दै आएको छ ।
संघीय विभागका अनुसार देशभरका २९ हजार सहकारीमध्ये हालसम्म ३८ प्रतिशत (११ हजार) सहकारी संस्थाले मात्र कोपोमिस प्रयोगको लागि युजर नेम र पासवर्ड लिएका छन् । पासवर्ड लिएका सहकारीमध्ये पनि अधिकांशले नियमित रुपमा तथ्यांक राखेका छैनन् । विभागका अनुसार ७ हजार ४२१ ले मात्र कम्तीमा एकपटक सफ्टवेयरमा लगइन गरेका छन् । यस्तै, ३ हजार ९०३ वटा सहकारीले मात्रै नियमित रुपमा कोपोमिसमा सूचना राख्दा १६ लाख ६८ हजार ९ सय २९ सदस्यको विवरण प्रणालीमा अपडेट भएको छ । कोपोमिसमा देखिएको प्राविधिक समस्या र पारदर्शी हुन नचाहने प्रवृत्तिका कारण सहकारीहरू यसमा आउन चाहेका छैनन् ।
यस्तै, स्थानीय र प्रदेशमा सहकारीको अभिलेख हस्तान्तरण भएपछि संघीय विभागले उनीहरूलाई पनि कोपोमिस प्रयोगको अधिकार दिए पनि कार्यान्वयनमा चासो देखाएका छैनन् । विभागले प्रदेश र पालिकाहरूलाई कोपोमिसको युजर आइडी तथा पासवर्ड दिए पनि उनीहरूले आफूले प्रयोग गर्न र मातहतका सहकारीमा यसको कार्यान्वयन गराउने कामलाई प्राथमिकता दिएका छैनन् । विभागका अनुसार २ सय ६३ वटा पालिकाले मात्र सफ्टवेयरमा लगइन गरेका छन् ।
सहकारी ऐन २०७४ को दफा २९ मा ५ करोडभन्दा माथि कारोबार गर्ने सहकारीले १ वर्षभित्र र त्योभन्दा कम कारोबार भएकाले ३ वर्षभित्र कोपोमिसमा आबद्ध भइसक्नुपर्ने कानूनी प्रावधान छ । ऐनले कोपोमिसमा आबद्ध नहुने सहकारीलाई रजिष्ट्रारले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान भए पनि विभागले कुनै सहकारीलाई पनि कारवाही गरेको छैन ।
रजिष्ट्रार पण्डितले जरिवानाभन्दा पनि सहकारीलाई प्रोत्साहन दिएर आवद्ध गराउने नीति रहेको बताए । ‘पहिलो चरणमा प्रोत्साहन गरेर आबद्ध गराउने योजनामा छौं,’ उनले भने, ‘त्यसपछि पनि आबद्ध नहुनेलाई कारवाही गर्छौं ।’ विभागले कोपोमिसका आवद्ध गराउन सहकारीका केन्द्रीय संघहरूलाई समेत परिचालन गर्ने योजना अघि बढाएको छ । स्थानीय तहलाई समेत यसमा आकर्षित गर्न आगामी बजेटबाट सशर्त अनुदान दिने विभागको योजना छ ।
दर्ता तथा अनुगमन अधिकार स्थानीय तहसम्म हस्तान्तरण भए पनि प्रभावकारी अनुगमन नहुँदा सहकारीको व्यवस्थापन भद्रगोल बन्दै गएको छ । फलस्वरुप सहकारीमा रहेको सर्वसाधारणको निक्षेप जोखिममा समेत पर्ने गरेको छ ।
ताजा तथ्यांकअनुसार विश्वमा ५ करोडभन्दा बढी मानिस जलवायु परिवर्तनका कारण हुने विभिन्न प्रकोपहरूबाट पीडित वा भनौं प्रताडित भएका छन् । सहयोगी ‘न्युज कारोबार अनलाइन न्युज पोर्टल’ले ‘इन्टरनेसनल फेडरेसन अफ रेडक्रस’ र ‘रेड क्रिसेन्ट सोसाइटी’को मातहत रहेको ‘क्लाइमेट सेन्टर’ले गरेको अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै लेखेअनुसार ‘जलवायु परिवर्तनका कारण विश्वमा कम्तीमा ५ करोड १६ लाख मानिस प्रभावित […]