काठमाडौँ । करिब सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चारवटा विषयगत समितिले नेतृत्व पाउँदैछ । निर्वाचन कार्यतालिका अनुसार सभापतिका लागि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलको कार्यकक्षमा उम्मेदवारी दर्ता गरिएको छ । चारवटा समितिमा चार प्रमुख दलले एक-एकवटा सभापति लिएर निर्विरोध चयन गर्ने यसअघि समझदारी बनेअनुसार उम्मेदवारी दिइएको हो । सबै समितिमा एक-एकजनाको उम्मेदवारी परेका कारण सबै सर्वसम्मत […]