काठमाडौं : बहुप्रतिक्षित कन्नड फिल्म 'केजिएफ च्याप्टर २' सँग प्रदर्शन मिति जुधेका कारण सुरुदेखि नै चर्चामा रहेको नेपाली फिल्म 'ए मेरो हजुर ४' ले सुखद सुरुवात गरेको छ।नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले पहिलो दुई दिनमा करोडमाथिको कमाइ गरेको हो। निर्माण टोलीका अनुसार पहिलो दिन मात्रै फिल्मले ८० लाखको कमाइ गरेको थियो। तुलनात्मक रुपमा कम शो पाएको फिल्मले पहिलो र दोस्रो दिन गरेर करोडको आँकडा पार गरेको हो।त्यस्तै प्रदर्शनमा आएको तेस्रो दिन पनि हलमा दर्शकको चाप