काठमाडौं : चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मिरस अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन बनेको हो। चेल्सीलाई उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे। पाल्मिरसका राफेल भेइगाले एक गोल फर्काए।पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५४ औं मिनेटमा रोमेलु लुकाकुले हेडमार्फत गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ६४ औं मिनेटमा राफेल भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मिरसलाई १-१