सर्वोच्चमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आव्हान

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा सार्वजनिक उजुरी आव्हान गरिएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले न्यायपरिषद्बाट सिफारिस भएका सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशका सम्बन्धमा सार्वजनिक उजुरी आव्हान गर्ने निर्णय गरेको हो । न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुँडालको नाम सिफारिस गरेको थियो । समितिले सो सम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन पनि दिएको छ । समितिको यो निर्णयसँगै सार्वजनिक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्तावित न्यायाधीशहरु विरुद्ध समितिमा उजुरी गर्न सकिने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । संबैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाई गर्नुपर्ने संबैधानिक व्यवस्था छ । संसदीय सुनुवाईपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने छ ।

सम्बन्धित सामग्री

सर्वोच्चमा सिफारिस ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। मंसिर ५ गते न्याय परिषदले सर्वोच्चका लागि ६ जना न्यायाधीश सिफारिस गरेको संविधानको धारा २८९ अनुसार सुनुवाइका लागि उजुरी आह्वान भएको हो। सुनुवाइ समिति सदस्य ईश्वरी घर्तीका अनुसार  शनिबारदेखि १० दिनको समय दिएर प्रस्तावित न्यायाधीशका बारेमा कुनै उजुरी, गुनासो भएमा […]

सर्वोच्चमा प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको सचिव पदमप्रसाद पाण्डेयले बताए ।  न्यायपरिषद्ले १० भदौमा...

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयाेगमा उजुरी

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफलले रवि लामिछाने नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिनुभएको हो । रवि लामिछानेकाे नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेकाले त्यही नागरिकता प्रयोग गरेर खोलेको पार्टी पनि खारेज गर्नुपर्ने निवेदककाे दाबी छ । यसअघि रवि लामिछानेको नागरिकता विवादमा पनि पौडेल लगायतले नै सर्वोच्चमा रिट दर्ता गरेका थिए । यस्तै पौडेलले यसअघि अध्यागमन विभाग र प्रहरी परिसर काठमाण्डाैमा पनि...

रबिविरुद्धको उजुरी प्रहरीले लिएन

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्धको उजुरी प्रहरीले लिएको छैन्। गत शुक्रबार सर्वोच्चले लामिछाले नेपाली नागरिकता पुन: प्राप्त नगरेको भन्दै उनको सांसद् पद खारेज गरेको थियो। सर्वोच्चमा पद खारेजी गराउन मुद्धा दायर गर्ने युवराज पौडेल ‘सफल’ फेरि लामिछानेले नागरिकता खारेजी रहँदा राहदानी बनाइ प्रयोग गरेको भन्दै कार्वाही गर्न काठमाडौं प्रहरी परिसरमा […]

तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा आयोगको भ्याकेट निवेदन

निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो ।आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेश खारेजीको माग गरेको छ । लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । मेडिकल काउन्सिलबाट भत्तामात्रै प्राप्त हुने भएकाले त्यस पदबारे निर्क्योलका लागि कार्कीले आयोगमा भदौ २८ गते निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदन कुनै स

तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा निर्वाचन आयोगको निवेदन

काठमाडौं– निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो । आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेश खारेजीको माग गरेको छ । लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । मेडिकल काउन्सिलबाट […]

सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौं : संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषदबाट सिफारिस भएका व्यक्तिविरुद्ध कुनै उजुरी वा सूचना भए पठाउन आग्रह गरेको छ।न्याय परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइका लागि सिफारिस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीबारे भए उजुरी वा सूचना दिन समितिले आग्रह गरेको हो।‘सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्न उनीहरू उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति असोज ७ गतेभित्र समितिमा समक्ष

रुपा सुनारद्वारा सरस्वती प्रधान र मन्त्री श्रेष्ठबिरुद्ध सर्वोच्चमा उजुरी

काठमाडौँ– आफूमाथि जातीय विभेद गरेर कोठा नदिएको भन्दै रुपा सुनारले घरबेटी सरस्वती प्रधान र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। उनले जातका आधारमा कोठा दिन नमानेको आरोप लागेकी घरबेटी प्रधान, शिक्षामन्त्री श्रेष्ठ, सरकारी वकिलको कार्यालय काठमाडौँ र महानगरीय प्रहरी वृत सिंहदरबारलाई विपक्षी बनाएर आइतबार सर्वोच्चमा रिट दायर गरेकी हुन्। रिटमा उनले पदको […]