काठमाडौं : संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषदबाट सिफारिस भएका व्यक्तिविरुद्ध कुनै उजुरी वा सूचना भए पठाउन आग्रह गरेको छ।न्याय परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइका लागि सिफारिस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीबारे भए उजुरी वा सूचना दिन समितिले आग्रह गरेको हो।‘सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्न उनीहरू उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति असोज ७ गतेभित्र समितिमा समक्ष