हेटौंडा : आर्थिक अनियमितताको आरोपमा प्रतिवन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापासँग गरेको सम्झौता हेटौंडा उपमहानगरपालिकाले रद्ध गरेको छ। मंगलबार उपमहानगरले थापासँग खेलकुद गतिविधि गर्नको लागि २५ लाख रुपैयाँ दिने सम्झौता गरेको थियो। तर विश्व फुटबल महासंघ (फिफा) बाट १० वर्षको लागि प्रतिवन्धमा परेका थापासँग सम्झौता गरेको भन्दै उपमहानगरको आलोचना भएपछि मेयर हरिबहादुर महतले सम्झौता रद्ध गरेका हुन्।उपमहानगरपालिकाले फुटबल एकेडेमी बनाउनको लागि थापा सम्बद्ध नेपाल स्पो