काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत स्याउ जोन डोल्पाका कार्यालय प्रमुखलाई पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय प्रमुख हसमुल्ला खाँ लाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकलाई दिनुपर्ने अनुदान भुक्तानीका लागि उनले किसानसँग घुस मागेको आरोप छ । आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई हुम्लास्थित कार्यकक्षबाट पक्राउ गरेको आयोगका प्रवक्ता (सह–सचिव) नारायणप्रसाद रिसालले रातोपाट