एमालेको विरोधकै बिच प्रतिनिधि सभाबाट पारित गरियो बजेट

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को विरोधका बिच प्रतिनिधि सभाबाट चालु आर्थिक वर्षको बजेट पारित गरिएको छ । आज (सोमबार) बसेको बैठकबाट प्रतिनिधिसभामा सरकारले पेस गरेको बजेट अध्यादेश प्रतिस्थापन विधेयक अन्तर्गत विनियोजन विधेयक पारित गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट पारित भएको घोषणा सभामुख अग्नि सापकोटाले […]

सम्बन्धित सामग्री

विवादित बजेट हुबहु पारितमा कसको स्वार्थ ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माण क्रममा बिचौलिया प्रयोग गरेर सीमित व्यापारिक घरानालाई मात्र फाइदा पुर्‍याएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चर्काे आलोचना भए पनि गठबन्धन सरकारले बजेटलाई हुबहु पारित गरेको छ । संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा लामो छलफलपछि सोमबारसम्म बजेट र यसमा आश्रित सबै विधेयक बहुमतले पारित भएका छन् । […]

बजेट पारित गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं, १ असार । आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । त्यस्तै, आजै बजेट पारित गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री जनार्दश शर्माले ०७९/८० को बजेट पास गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने जनाईएको छ। आज कै बैठकले बजेट […]

प्रतिनिधि सभा बैठक बस्दै, आजै बजेट पारित गर्ने तयारी

प्रतिनिधि सभाको बैठक आज पनि बस्नेछ । सभामुख अग्नि सापकोटाले बिहान ११ बजेको लागि प्रतिनिधि सभाको बैठक बोलाएका छन् । आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थ मन्त्री जनार्दन

१५ दिनका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

दशैं बिदाका कारण प्रतिनिधि सभा १५ दिनका लागि स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आवरोधका बाबजुत केही कार्यसूची पारित गरेर प्रतिनिधि सभा बैठक कात्तिक ९ गतेसम्मको लागि स्थगित भएको हो ।  भदौ २३ गते अधिवेशन शुरू भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध कायम राखेको छ । एमालेको अवरोध र नाराबाजीका बाबजुद प्रतिनिधि सभाबाट बजेट प्रतिस्थापन गर्न आएको विनियोजन विधेयक पारित भएको छ ।  माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुखले कार्यान्वयन नगरेको भन्...

प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ– प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दिउँसो १ः०० बजे बस्ने गरी बैठक स्थगित भएको हो। आज बसेको बैठकमा राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणिकरण भएको र राष्ट्रिय सभाबाट बजेट आश्रित विधेयक पारित भएको जानकारी गराइएको थियो। भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आइरहेको […]

५ मिनेट बसेर बिहीवारसम्मका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बजेटसम्बन्धी कार्यसूची पूरा गरेर प्रतिनिधि सभा बैठक बिहीवारसम्मको लागि स्थगित भएको छ ।  सोमवार बसेको बैठकमा सभामुख अग्नि सापकोटाले विनियोजन विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।  यस्तै प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे जानकारी गराएका थिए । योसँगै अध्यादेश बजेट विस्थापित गर्न सरकारले ल्याएको प्रतिस्थापन बजेट पारित गर्ने संसदीय प्रक्रिया पूर...

प्रतिनिधि सभाबाट बजेटसम्बन्धी सबै विधेयक पारित

सरकारले भदौ २५ गते संसदमा पेश गरेको पूरक बजेट प्रतिनिधि सभाबाट पारित भएको छ । विनियोजन विधेयक असोज ४ गते पारित भएकोमा बजेटका पूरक विधेयक बिहीवार पारित भएका हुन् ।  बिहीवार बसेको प्रतिनिधि सभा बैठकबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको हो । प्रतिनिधि सभाबाट पारित विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।  पूरक विधेयकको रुपमा रहेका आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाबाट बजेट पारित भएको हो । यी विधेयक राष्ट्रिय सभाबाट...

एमालेको नाराबाजीलाई बेवास्ता गर्दै बजेट पारितको प्रक्रिया सुरु

काठमाडौं, असोज ४ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधलाई वेवास्ता गर्दै बजेट पारित गर्ने भएको छ । सोहि अनुसार आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बजेट पारित गर्ने प्रक्रियालाई अगाडी बढाएका छन् । बैठक हुना साथ एमालेले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् । तर सभामुख सापकोटाले त्यसलाई वेवास्ता गर्दै विनियोजन […]

एमाले सांसदको नारावाजीका बीच प्रतिनिधि सभा बैठक

काठमाडौं, ४ असोज । नेकपा एमालेका सांसदको नारावाजीका बीच प्रतिनिधि सभाको बैठक चलिरहेको छ । बैठकमा अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थापन विधयेकमार्फत् आएका विनियोजित बजेट कार्यक्रमहरुबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका छन् । एमालेको अवरोधका बीच संशोधित बजेटबारे छलफल बढाइएको हो । बजेट संसदबाट पारित नहुँदा १ असोजबाट कर्मचारीहरुले तलब पाएका छैनन् ।-File Photo