एमाले सांसदको नारावाजीका बीच प्रतिनिधि सभा बैठक

काठमाडौं, ४ असोज । नेकपा एमालेका सांसदको नारावाजीका बीच प्रतिनिधि सभाको बैठक चलिरहेको छ । बैठकमा अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थापन विधयेकमार्फत् आएका विनियोजित बजेट कार्यक्रमहरुबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका छन् । एमालेको अवरोधका बीच संशोधित बजेटबारे छलफल बढाइएको हो । बजेट संसदबाट पारित नहुँदा १ असोजबाट कर्मचारीहरुले तलब पाएका छैनन् ।-File Photo