सरकारले भदौ २५ गते संसदमा पेश गरेको पूरक बजेट प्रतिनिधि सभाबाट पारित भएको छ ।
विनियोजन विधेयक असोज ४ गते पारित भएकोमा बजेटका पूरक विधेयक बिहीवार पारित भएका हुन् ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको हो ।
प्रतिनिधि सभाबाट पारित विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।
पूरक विधेयकको रुपमा रहेका आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाबाट बजेट पारित भएको हो ।
यी विधेयक राष्ट्रिय सभाबाट...