काठमाडौं : रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा बुद्धि तामाङको घर पुरिँदा बेपत्ता भएका चारै जनाको शव भेटिएको छ।घर पुरिँदा बेपत्ता भएका बुद्धिको ३२ वर्षीया श्रीमती कमला, ११ वर्षीया छोरी सोकिता, ८ वर्षीया छोरी सुकुमाया र ५ वर्षीय छोरा आशिषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। बुद्धि गम्भीर घाइते रहेको रसुवाका प्रहरी प्रमुख डिएसपी देबेन्द्र पाण्डेयले जानकारी दिए।शव पोष्टमार्टमका लागि नुवाकोटको त्रिशूली अस्पताल लगिएको छ। बाहिर सुतेका बुद्धि घाइते भएको र उनको एक छोरा मामाघ