सातौँ उद्योग दिवसः ७ प्रदेशका ७ उद्यमी सम्मानित

आज सातौँ उद्योग दिवस । उद्योग मन्त्रालयले ७ प्रदेशका ७ उद्यमीलाई सम्मान गरेको छ । लघु तथा घरेलु उद्यमीहरुलाई विभागले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा प्रदेश नम्बर १ बाट धनकुटाकी पुष्पादेवी लिम्बु, प्रदेश नम्बर २ बाट सिराहाकी पार्वतीकुमारी चौधरी र बागमती प्रदेशबाट चितवनकी बुद्धिमाया घले रहेका छन् । त्यस्तै गण्डकी प्रदेशबाट तनहुँका मोहनकुमार सुनार, लुम्बिनी प्रदेशबाट नवलपरासीकी कल्पीकुमारी चौधरी, कर्णाली प्रदेशबाट सुर्खेतका ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट बाजुराका अम्बरबहादुर खड्का पनि सम्मानित भएका छन् । कार्यक्रममा सहभागीले महिला उद्यमी र लघु घरेलु उद्यमीले सहजै पाउनुपर्ने कर्जा सुविधा नपाएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग महासंघका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको कर्जा पनि नदिने गरेको गुनासो गरे । उनले महासंघको तथ्यांकमा २ लाख ४७ हजार घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको भएपनि १ हजारले मात्रै कर्जा सुविधा पाएको बताए ।

सम्बन्धित सामग्री

तीन उद्यमी सम्मानित

दशौं राष्ट्रिय उद्योग दिवसको अवसर पारेर म्याग्दीका विभिन्न क्षेत्रका तीन जना उद्यमी सम्मान गरिएको छ ।

नवाै राष्ट्रिय उद्योग  दिवसको अवसरमा रसुवाका ५ उद्यमी सम्मानित

रसुवा। रसुवा जिल्लामा विभिन्न उद्यम गर्ने र त्यसलाई निरन्तर रूपमा सफल उद्यमी हुन सफल भएका पाँच गाउँपालिकाको पाँच जना उद्यमीलाई नवौँ राष्ट्रिय उद्योग दिवस सप्ताहको अवसरमा सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ ब्रावालका काल्साङ तामाङ, नौकुण्ड गाउँपालिका वडा नम्बर ५ खाल्चेतका राजेश थिङ, कालिका गाउँपालिका वडा नम्बर २ गोम्वोडाडाका सुजिता […]

बगभीले पायो ‘स्टार्टअप अफ द एयर’ अवार्ड

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्टमा नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म बगभी ‘स्टार्टअप अफ द एयर’ अवार्डबाट सम्मानित भएको छ ।  शनिबार द सोल्टी काठमाडौंमा आयोजना भएको फेस्टमा बगभी सफ्टवेयर टेक्नोलोजीज प्रालिलाई ‘स्टार्टअप अफ द एयर’ अवार्ड प्रदान गरिएको हो ।  बगभी यसअघि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१...

नगदसहित उद्यमी कुन्जाङ सम्मानित

जुम्ला-उत्कृष्ट उद्यमीका रुपमा चन्दननाथ नगरपालिका २ निवासी कुन्जाङ पुटिक तामाङलाई सम्मान गरिएको छ ।उत्कृष्ट उद्यमी सम्मान गर्ने कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयद्वारा तामाङलाई सम्मान गरिएको हो ।उद्यमीलाई प्रोत्साहन गर्न, उद्यमशीलताको विकास गर्न तथा प्रदेशस्तरका नमुना उद्यमीका रुपमा छनोट गरी पठाउने उद्देश्यले उत्कृष्ट उद्यमी […]

जुम्लाकी उत्कृष्ट उद्यमी कुन्जाङ सम्मानित

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उत्कृष्ट उद्यमीका रुपमा चन्दननाथ नगरपालिका–३ खोलीकोटकी कुन्जाङ पुटिक तामाङलाई सम्मान गरेको छ। कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उत्कृष्ट उद्यमीलाई सम्मान...

उत्कृष्ट उद्यमी कुञ्जाङलाई एक लाख राशीको पुरस्कार

जुम्ला चन्दननाथ नगरपालिका २ का कुञ्जाङ पुटिक लामा जुम्लाको उत्कृष्ट उद्यमी बन्नुभएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उहाँलाई जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा घोषित गरेको हो । लामो समयदेखि तामाङ झोला तथा राडीपाखी उद्योग सञ्चालनमा ल्याउनुभएको छ । कार्यालयले गरेको अध्ययनमा उहाँको उद्योग जिल्लाकै उत्कृष्ट भएको थियो । कुञ्जाङलाई एक लाख रुपियाँ राशीसहित सम्मानपत्रले सम्मानित गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिनुभयो ।

उद्योग दिवसमा धनुषाका पाँच जना उद्यमी सम्मानित

सातौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, धनुषाले विभिन्न उद्यमीलाई सम्मान गरेको छ । धनुषा जिल्लाका पाँच जना उद्यमीलाई विहीबार उद्योग दिवसको अवसर पारेर एक कार्यक्रमबीच सम्मान गरिएको हो ।

उद्योग दिवसमा महिला उद्यमी सम्मानित

९ मंसिर, गोरखा । सातौ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय गोरखाले महिला उद्यमीलाई सम्मान गरेको छ । उत्कृष्ट महिला उद्यमीको रुपमा गोरखा नगरपालिका–६ मा ओम लेडिज टेलर्स संचालन गर्दै आएकी सविता श्रेष्ठलाई सम्मान गरिएको कार्यालयले जनाएको छ । दिवसको अवसरमा बिहीवार आयोजित एक कार्यक्रमका बिच उद्यमी श्रेष्ठलाई दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको […]

उद्यमी सम्मानित

ओखलढुंगा : घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय ओखलढुंगाले तेस्रो उद्योग दिवसको अवसर पारेर जिल्लामा क्रियाशील उद्यमीलाई सम्मानित गरेको छ। कार्यालयले लामो समयदेखि ढाका कपडा उत्पादन गर्दै आइरहेकी उद्यमी सरिता राईलाई सम्मान गरेको हो। राईले २०७२ सालदेखि घरेलु कार्यालयमा सुशान्त सुस्मिता ढाका उद्योग दर्ता गरेर सञ्चालन ...