मकवानपुर सडक मानवमुक्त जिल्ला घोषणा

हेटौंडा : मकवानपुर जिल्ला सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ। शनिबार हेटौंडामा औपचारिक कार्यक्रम आयोजना गरी मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको हो। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गर्दै आगामी चार वर्षभित्रमा प्रदेशलाई पूर्णरुपमा ...

सम्बन्धित सामग्री

काठमाडौं– हेटौंडा छोटो दूरीका दुवै सडक बन्द

काठमाडौं : हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीका दुवै मार्गमा सवारी आवागमन बन्द गरिएको छ । कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सवारीसाधनको आवागमन बन्द गरिएको हो।दुवै सडकको मकवानपुर र काठमाडौंको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले बन्द गरिएको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन्। कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सोमबारबाट यातायातका साधनको आवाग

डिभिजन सडक कार्यालय मकवानपुर

मकवानपुर, असार २५ । एसियन हाइवेको सवाल बेलाबेलामा तात्ने र ओझेल पर्ने गरेको छ । मकवानपुरमा दुई सातायता फेरि यसबारे दिनदिनै दबाब सुरु भएको छ । गत १० असारमा संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालय मकवानपुरले राजमार्ग विस्तारबारे ३५ दिने सूचना जारी गरेपछि यो सवाल फेरि तातेको हो । तोकिएको म्याद सकिन अब २१ दिन मात्रै […]

हेटौँडा–कुलेखानी–काठमाडौँ सडक विस्तारमा मुख्यमन्त्री जम्मकट्टेलको चासो

मकवानपुर । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा–कुलेखानी सडक विस्तारमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चासो व्यक्त गर्दै छलफल अघि बढाएका छन् । काठमाडौँबाट प्रदेश राजधानी जोड्ने छोटो दुरीको उक्त सडकको भैँसेदेखि भीमफेदीसम्मको सडक

हेटौंडादेखि काठमाडौं छोटो दूरीको सडक ७५ करोडको लगानीमा निर्माण सुरु

आयोजनाले छुट्याएको मकवानपुर सडक खण्डमा १२.१५ किलोमिटर सडक खण्ड इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निमार्ण तीव्ररूपमा भइरहेको आयोजनाका इन्जिनियर किरण रन्जितले जानकारी दिए।...

मकवानपुर - सडक दुर्घटनामा चार जनाकाे ज्यान गयाे

मकवानपुर – मकवानपुरमा भएका दुई अलग अलग दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् । शनिबार साँझ हेटौडा भिमफेदी कुलेखानी  सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर–२ लामिबगरमा यात्रु लिएर काठमाण्डौ बाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ४५११ नम्बरको शिखरपुर यातायातको सुमो आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी दुईसय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयाे । सुमोमा सवार चालक सहित १० जना घाइते भएका मध्ये ६ जनालाई उपचारका लागि पाटन अस्...

सात किमी नयाँ ट्रयाक सडक निर्माण

तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत कूल सात किलोमिटर नयाँ ट्रयाक सडक निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक बर्ष ०७७÷०७८ मकवानपुर, बारा र पर्सा जिल्लामा सडक बनाएको हो । उक्त आवमा उक्त जिल्लामा सङ्घीय सरकारको लगानीमा ३२.३६ किमी कालोपत्रे, १९.१ किमी ग्राभेल, ३७.३५ किमी बाटो सडक मर्मत र सात किमी बाटो सडक ट्रयाक चौडा भएका छन् । यसैबीच कार्यालयका अनुसार  दशैँलाई लक्षित गरी ती तीन जिल्लाका विभिन्न स्थानमा राजमार्गको  मर्मतसम्भारको अघि बढाइएको

वाग्मती प्रदेश : दुई वर्षमा २ सय ६ किलोमिटर सडक निर्माण

मकवानपुर – वाग्मती प्रदेश सरकारले दुई वर्षको अवधिमा सडक नपुगेका गाउँमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले गाउँका नागरिकलाई सडकको पुँहुचसम्म पुर्याउनका लागि भनेर दुई वर्षको अवधिमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको हो ।  निर्देशनालय मातहतका कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ६६ किलोमिटरमा नयाँ ट्र्याक खोलिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा एक सय ३९ दशमलब ४९ किलोमिटर नयाँ सडक ट्«याक खोलिएक...

लागुऔषधको ‘ट्रान्जिट’ बन्दै मकवानपुर, नियमनकारी निकाय मौन

हेटौंडा : मकवानपुरमा पछिल्लो समय धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन्। दैनिकजसो लागुऔषध कारोबारी गर्नेहरू प्रहरीको फन्दामा परिरहेका छन्।सडक सञ्जालले घेरिएको मकवानपुर छिमेकी मुलुक भारतको सीमा नाका रक्सौलबाट पनि नजिकै छ। जसले गर्दा यहाँ लागुऔषध कारोबार गर्नेहरू धेरै सल्बलाउने गरेका छन्।झन् जिल्लाकै विभिन्न स्थानमा लागुऔषध गाँजा र अफिमजस्ता पदार्थ पनि उत्पादन हुने गरेकाले मकवानपुरमा लागुऔषध कारोवार गर्ने र सेवन गर्नेहरूको पनि छुट्टै सक्रियता रहने गरेको छ। जिल्लामा उत्पादन भएको लागुऔषध अन्य

मनहरी गाउँपालिकाको टोल टोलमा पक्की सडक

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ बिजौनामा एक किलोमिटर लामो पक्की सडक निर्माण गरिएको छ । पहिले कच्ची सडकमा धुलो हिलोले समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दाहरु अहिले घरै अगाडिको सडक पक्की हुँदा खुशी छन् ।  छ मिटर चौडाइ रहेको यो सडक एक किलोमिटर लामो बनाइएको छ । सडक निर्माणका लागि मनहरी गाउँपालिकाको एक करोड रुपैयाँ र वाग्मती प्रदेश सरकारको एक करोड रुपैयाँ गरी दुई करोड लागतमा निर्माण गरिएको हो । सडकका केही भाग निर्माणको काम सकिएको छ भने केही भाग निर्माण भइरहेको छ । असार मस...

मातातीर्थ–कुलेखानी सडक निर्माण तीव्र

हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक खण्डको स्तरोन्नति भइरहेको छ । हेटौँडा र काठमाडौँ जोड्ने सडकको कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक खण्डको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक चौडा गर्ने र आवश्यक संरचना निर्माण भइरहेको हो । हेटौँडालाई छोटो दूरीले काठमाडौँ जोड्ने यो सडक ६१ किलोमिटर लामो छ । यसमध्ये मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने महालक्ष्मी दोभानदेखि काठमाडौँ जिल्लाको सतुङ्गलसम्म १५ किलोमिटर दूरीको सडक खण्डको स्तरोन्नति लगायतको काम बागमती प्रदेश...