मनहरी गाउँपालिकाको टोल टोलमा पक्की सडक

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ बिजौनामा एक किलोमिटर लामो पक्की सडक निर्माण गरिएको छ । पहिले कच्ची सडकमा धुलो हिलोले समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दाहरु अहिले घरै अगाडिको सडक पक्की हुँदा खुशी छन् ।  छ मिटर चौडाइ रहेको यो सडक एक किलोमिटर लामो बनाइएको छ । सडक निर्माणका लागि मनहरी गाउँपालिकाको एक करोड रुपैयाँ र वाग्मती प्रदेश सरकारको एक करोड रुपैयाँ गरी दुई करोड लागतमा निर्माण गरिएको हो । सडकका केही भाग निर्माणको काम सकिएको छ भने केही भाग निर्माण भइरहेको छ । असार मस...