वाग्मती प्रदेश : दुई वर्षमा २ सय ६ किलोमिटर सडक निर्माण

मकवानपुर – वाग्मती प्रदेश सरकारले दुई वर्षको अवधिमा सडक नपुगेका गाउँमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले गाउँका नागरिकलाई सडकको पुँहुचसम्म पुर्याउनका लागि भनेर दुई वर्षको अवधिमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको हो ।  निर्देशनालय मातहतका कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ६६ किलोमिटरमा नयाँ ट्र्याक खोलिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा एक सय ३९ दशमलब ४९ किलोमिटर नयाँ सडक ट्«याक खोलिएक...