पूर्वाधार निर्माणमा विकास समिति

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अनुदान सहयोगमा निर्माण हुन् लागेको ४ सय किलोभोल्ट क्षमताको ३ सय १५ किलोमीटर लामो प्रसारण लाइन आयोजनाको कार्यान्वयनकर्ता निकाय मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (संक्षेपमा– एमसीए नेपाल) विकास समिति ऐन, २०१३ को दफा ३ अन्तर्गत गठन आदेशबाट गठित हो । यस्ता समिति तोकिएको कार्य सम्पन्न भएपछि वा उक्त कार्य सरकार आफैले सम्पन्न गर्न सक्छ भन्ने लागेमा जुनसुकै बेला विघटन हुन्छन् र यसका नाममा सृजना भएका सम्पूर्ण सम्पत्ति र दायित्व सरकारमा सर्छ । यो ऐनको उपयोग गरी यस्ता थुप्रै विकास समिति गठन भएका छन् । यस्ता समिति परियोजना आदिको स्वरूपअनुसार विभागीय मन्त्री वा सचिवको अध्यक्षतामा गठन हुन्छ । त्यस्तै, विषयविज्ञलाई आमन्त्रित सदस्यका रूपमा राख्न सकिन्छ । विगतमा यस्ता समितिले राष्ट्रिय महत्त्वका राजमार्ग र जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेका थिए । विगतका विकास समितिमा केकस्ता प्रावधान थिए र छन्, त्यसको संक्षिप्त चर्चा यस आलेखमा गरिएको छ । समिति अविच्छिन्न उत्तराधिकारवाला संस्था (कर्पोरेट बडी) हुने र व्यक्तिसरह चलअचल सम्पत्तिसमेत राख्न सक्छ । यस्ता समितिको कोषमा नेपाल सरकार वा अरू कुनै गैरसरकारी व्यक्तिले दिएको रुपैयाँ र कुनै विदेशी एजेन्सीले नेपाल सरकारलाई दिएको कोष सम्मिलित हुन सक्ने व्यवस्था ऐनको दफा ५ मा छ । विगतका विकास समिति विकास समिति ऐन, २०१३ ले दिएको अधिकार उपयोग गरी गठन भएको काठमाडौं–कोदारी राजमार्ग निर्माण विकास समिति (गठन) आदेश, २०२० पूर्वाधार निर्माणसम्बन्धी सम्भवतः पहिलो विकास समिति हुनुपर्छ । यसपछि लगत्तै २०२१ सालमा पूर्व–पश्चिम राजमार्ग निर्माण विकास समिति (गठन) आदेश, २०२१ गठन भएको थियो । त्यस्तै, २०२७ सालमा महेन्द्र राजमार्ग (नारायणगढ–बुटवल) निर्माण समिति (गठन) आदेश, २०२७ गठन भएको भेटिन्छ । जलविद्युत् आयोजना निर्माणतर्फ २०३२ सालमा कुलेखानी जलविद्युत् विकास समिति (गठन) आदेश, २०३२ गठन भएको पाइन्छ । सरकारले आवश्यकताअनुसार यस्ता समिति गठन गर्न सक्ने व्यवस्था ऐनको दफा ३(१) ले दिएको छ । यसरी गठित समिति अविच्छिन्न उत्तराधिकारवाला संस्था (कर्पोरेट बडी) हुने र व्यक्तिसरह चलअचल सम्पत्तिसमेत राख्न सक्छ । यस्ता समितिको कोषमा नेपाल सरकार वा अरू कुनै गैरसरकारी व्यक्तिले दिएको रुपैयाँ र कुनै विदेशी एजेन्सीले नेपाल सरकारलाई दिएको कोष सम्मिलित हुनसक्ने व्यवस्था ऐनको दफा ५ मा छ । ऐनको दफा २(ख) मा ‘विदेशी एजेन्सी भन्नाले भन्नाले कुनै विदेशी राष्ट्र, अन्तरराष्ट्रिय वा विदेशी संस्थालाई जनाउँछ’ भनेर परिभाषा गरिएको छ । यसै सन्दर्भमा विगतमा गठित विकास समितिका बारेमा केही चर्चा गरिन्छ । कोदारी–राजमार्ग निर्माण  हाल अरनिको राजमार्ग भनिने काठमाडौं–कोदारी राजमार्ग विकास निर्माण समिति (गठन) आदेश, २०२० को गठन भएको थियो । समितिको अध्यक्षमा निर्माण, सञ्चार तथा यातायात मन्त्री रहेका थिए भने सदस्यमा सहायक मन्त्री (निर्माण, सञ्चार तथा यातायात मन्त्रालय), सचिव (निर्माण, सञ्चार तथा यातायात मन्त्रालय), सचिव (आर्थिक योजना मन्त्रालय), सचिव (अर्थ मन्त्रालय), चिफ इन्जिनीयर (सडक विभाग) थिए । काठमाडौं–कोदारी राजमार्ग निर्माण विकास समितिका चिफ इन्जिनीयर सदस्य सचिव थिए । समितिको सभामा कुनै व्यक्ति तथा जनवादी गणतन्त्र चीनको प्रतिनिधिलाई सल्लाहका लागि निमन्त्रणा गर्न सक्ने व्यवस्था थियो । समितिको कोषमा जनवादी गणतन्त्र चीन सरकारबाट प्राप्त सहायता र श्री ५ को सरकारबाट प्राप्त रकम रहने व्यवस्था थियो । समितिलाई काठमाडौं–कोदारी राजमार्ग निर्माण कार्यान्वयन गरी सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको थियो भने अन्य कार्यको रूपमा (१) काठमाडौं–कोदारी राजमार्गको योजना बनाउने र स्वीकृत गर्ने, (२) निर्माण सम्बन्धमा आवश्यक मालसामान मगाउने, (३) बजेट तयार गर्ने, (४) राजमार्गको निर्माण निम्ति आवश्यक पर्न आएको जग्गाको लगत कट्टी गराउने र मुआब्जा दिने दिलाउन सक्ने, (५) राजमार्ग निर्माण कार्यान्वित गर्न घर तथा जमिन किन्ने र बहाल तिरेर लिनसक्ने जस्ता विषय तोकिएको थियो । समिति आफैले ठेक्का गर्नसक्ने अधिकारसमेत थियो । समितिले राख्ने हिसाब किताबको लेखापरीक्षण श्री ५ को सरकारले तोकिदिएको अडिटरले गर्ने व्यवस्था थियो । पूर्व–पश्चिम राजमार्ग कोदारी राजमार्ग निर्माणसम्बन्धी समिति गठन गरेको १ वर्षपछि पूर्व–पश्चिम राजमार्ग निर्माण विकास समिति (गठन) आदेश, २०२१ गठन गरेको थियो । यो समिति भने निर्माण, सञ्चार तथा यातायात सचिवको अध्यक्षतामा गठन भएको थियो । दुई जना सचिव (अर्थ र आर्थिक योजना) र चिफ इन्जिनीयर (सडक विभाग) सदस्य थिए भने समितिका चिफ इन्जिनीयरलाई सदस्य सचिव तोकिएको थियो । यसमा पनि समितिको सभामा कुनै व्यक्ति वा विशेषज्ञलाई सल्लाहकारका लागि निमन्त्रणा गर्न सकिने व्यवस्था थियो । यस समितिलाई पनि पूर्व–पश्चिम राजमार्ग निर्माण कार्यान्वित गरी सम्पन्न गर्ने मुख्य कार्यादेश दिइएको थियो । अन्य अधिकारमा कोदारी राजमार्गसरहका अधिकार तोकिएको थियो । यसको लेखापरीक्षण श्री ५ को सरकारले तोकिदिएको लेखापरीक्षकले गर्नसक्ने व्यवस्था थियो । ठेक्का दिने अधिकार यस समितिलाई पनि थियो । नारायणगढ–बुटवल पूर्व–पश्चिम राजमार्ग निर्माण विकास समिति (गठन) आदेश, २०२१ गठन भए पनि नारायणगढ–बुटवल खण्डका लागि छुट्टै निर्माण समिति गठन भएको देखिन्छ । यो खण्ड निर्माणको लागि महेन्द्र राजमार्ग (नारायणगढ–बुटवल) निर्माण समिति (गठन) आदेश, २०२७ गठन गरिएको थियो । निर्माण, सञ्चार तथा यातायात मन्त्रालयका सचिवको अध्यक्षतामा गठित यस समितिमा दुईजना सहसचिव (अर्थ र योजना आयोग) सदस्य थिए भने सदस्य सचिवमा सडक विभागका चिफ इन्जिनीयर थिए । अन्य समितिमा जस्तै यसमा पनि श्री ५ को सरकारले चाहेमा विषय विशेषज्ञ वा अन्य पदाधिकारीलाई सल्लाहकारका रूपमा आमन्त्रित गर्नसक्ने व्यवस्था थियो । यस समितिको मुख्य कार्यादेशमा श्री ५ को सरकार र संयुक्त अधिराज्य सरकारको बीचमा (नारायणगढ–बुटवल) राजमार्ग निर्माण गर्ने सम्बन्धमा भएको सम्झौताअनुसार श्री ५ को सरकारको दायित्व पूरा गर्नु थियो । त्यस्तै, अन्य कार्यादेशमा (१) संयुक्त अधिराज्य सरकारको निर्माण एजेन्सीबाट नियुक्त आयोजना व्यवस्थापक वा उसको प्रतिनिधिको परामर्श लिई निर्माण कार्यक्रमको विस्तृत योजना तयार गरी कार्यान्वयित गर्ने, (२) निर्धारित नीतिअनुसार योजना सञ्चालन गर्ने, (३) वार्षिक आयव्ययको अनुमान र पूरक अनुमानलाई पूर्ण वा आंशिकरूपले हेरफेर गरी वा नगरी स्वीकृति दिने, (४) आयोजनाको लागि आवश्यक सामान मगाउने वा खरीद गर्ने, (५) आयोजना कार्यान्वित गर्न आवश्यक परे घर जग्गा किन्ने तथा घरजग्गा बहालामा दिने, (६) आयोजनाको कार्य प्रगतिको वार्षिक प्रतिवेदन तयार गरी श्री ५ को सरकारसमक्ष पेश गर्ने र एकप्रति संयुक्त अधिराज्य सरकारको निर्माण एजेन्सीबाट नियुक्त आयोजना व्यवस्थापकलाई उपलब्ध गराउने जस्ता थिए । नारायणगढ–बुटवल खण्डको यस समितिमा माथि उल्लिखित दुईओटा समितिको भन्दा अलि छुट्टै प्रकारको विशेष किसिमको व्यवस्था गरेको देखिन्छ । यस समितिलाई पनि सडक निर्माणको ठेक्कापट्टा दिने अधिकार छ तर, योजनामा आर्थिक दायित्व पर्ने कुनै पनि ठेक्कापट्टा गर्नलाई निर्माण एजेन्सीको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको थियो । समितिको कोषमा श्री ५ को सरकार र ब्रिटिश सरकारको छुट्टाछुट्टै हिसाब राखी नेपाल राष्ट्र बैंकमा खाता खोली जम्मा गरिने कोषको सञ्चालन सचिव र एकाउन्टेन्टको हस्ताक्षरबाट हुने व्यवस्था थियो । यसमा लेखापरीक्षण गर्ने सम्बन्धमा प्रचलित कानूनबमोजिम हुने र निर्माण एजेन्सीले चाहेमा ब्रिटिश सरकारको प्रचलित कानूनबमोजिम पनि लेखापरीक्षण गराउन सक्ने विशेष व्यवस्था थियो । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

सम्बन्धित सामग्री

चिसो बढेपछि मनाङमा पूर्वाधार निर्माणमा समस्या

मनाङ – चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्यमा समस्या भएको छ। चिसो बढेसँगै माथिल्लो मनाङको विभिन्न पूर्वाधार निर्माणमा बाधा पुगेको हो। गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएको भौतिक संरचना निर्माणका कार्य रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ। विशेषगरी माथिल्लो मनाङको सडक, पुल, जलविद्युत्‌लगायत विकास निर्माणका काम रोकिएका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। […]

चिसोले मनाङमा पूर्वाधार निर्माणमा समस्या

मनाङ– चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्यमा समस्या भएको छ । चिसो बढेसँगै माथिल्लो मनाङको विभिन्न पूर्वाधार निर्माणमा बाधा पुगेको हो । गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएको भौतिक संरचना निर्माणका कार्य रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ ।  विशेषगरी माथिल्लो मनाङको सडक, पुल, जलविद्युत्लगायत विकास निर्माणका काम रोकिएका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद […]

आयस्रोत बढाउने पूर्वाधार निर्माणमा जोड दिन नगरबासीको माग

बेनी नगरबासीले आयस्रोत बढाउने पूर्वाधार निर्माणमा जोड दिन माग गरेका छन् । बेनी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकको विकास निर्माण र सेवाप्रवाहबारे गरिएको सार्वजनिक सुनुवाइमा नगरबासीले आयस्रोत बढाउने पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई आग्रह गरेका हुन् । बेनी नगरपालिकाको वडा नम्वर ४ सिंगातातोपानीमा भएको सार्वजनिक सुनुवाइमा उपस्थितले उत्पादनमुखी जोड्ने सीपयुक्त तालिम गर्न, […]

विकास निर्माणमा लापरवाहीको पराकाष्ठा

नेपालमा विकास खर्च नहुने रोग पुरानै हो । निर्माण व्यवसायीले सार्वजनिक खरिद ऐनमा नै समस्या भयो भने पछि सरकारले पटक–पटक संशोधन पनि गर्दै आएको छ । तर पनि विकास निर्माणमा कुनै गति देखिएको छैन । विकास निर्माणसँग सम्बद्ध भौतिक तथा पूर्वाधार मन्त्रालयलगायतका अन्य केही मन्त्रालयले बजेट खर्च गर्न सकेका छैनन् । बजेट बनाउने समयमा धेरै […]

पूर्वाधार तथा विकास निर्माणमा सरकार असफल

काठमाडौं, असार १८ । चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो । राष्ट्रिय गौरवका आयोजनामा समेत ढिलासुस्तीलगायतका कारणले प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई […]

काठमाडौं महानगर बजेट, पूर्वाधार निर्माणमा आधा

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेटको आधा हिस्सा पूर्वाधार तथा विकास निर्माणमा खर्च गरिने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षमा मेट्रो रेल सम्भाव्यता अध्ययनसमेत गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको बजेटअनुसार पूर्वाधारतर्फ सबैभन्दा बढी करिब ५० प्रतिशत बजेट विनियोजन गरिएको छ । उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दै […] The post काठमाडौं महानगर बजेट, पूर्वाधार निर्माणमा आधा appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह

भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरूले देशमा विकास निर्माणको काममा ढिलाइ हुने गरेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । त्यसैगरी सांसदहरूले निर्माण व्यवसायीले पनि विकास निर्माणको […]

विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

काठमाडौं, भदौ २३। पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पुँजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ । सरकारले विकास निर्माणमा तत्परता देखाएर ढिलासुस्ती तथा अनियमितता हटाउँदै पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा ठीक उल्टो देखिएको छ । देश लोकन्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सरकारको बागडोर सम्हाल्न पुगेको राजनीतिक दल तथा नेताहरूले व्यवहार र कार्यशैली पुरानै ढर्रामा […]

विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

काठमाडौं । पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पँुजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ । सरकारले विकास निर्माणमा तत्परता देखाएर ढिलासुस्ती तथा अनियमितता हटाउँदै पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा ठीक उल्टो देखिएको छ । देश लोकन्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सरकारको बागडोर सम्हाल्न पुगेको राजनीतिक दल तथा नेताहरूले व्यवहार र कार्यशैली पुरानै ढर्रामा चल्दा […] The post विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आवश्यक कानूनको अभाव हुँदा पूर्वाधार निर्माणमा समस्या – मन्त्री पहाडी

काठमाडौं। संघीय मालिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडीले आवश्यक कानून नहुँदा पूर्वाधार निर्माणमा समस्या भएको बताएका छन्। उनले विकास र प्रविधिमैत्री कानूनको अभाव हुँदा विकास निर्माणको कामलाई अगाडी बढाउन समस्या भएको बताए। भौतिक पूर्वाधारको क्षेत्रमा व्यवसायीमैत्री ऐन कानून बनाएर कार्यान्वय गर्न सकेमा मात्र पूर्वाधार विकासको कामले गति लिने उनको भनाई छ।