गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिक रूपमा सञ्चालनमा आएको छ। महिना दिनदेखि सडक खुलाउन प्रयास हुँदै आएकामा अब केही साताभित्र पूर्ण सञ्चालनमा आउने भएको छ चरिकोट सडक डिभिजन कार्यालयका इन्जिनियर विजय महतोका अनुसार सडक निर्माणका साथै भत्किएको लिपिङ पुलको दुवैपट्टि जगमा ढुङ्गा भरेर जालीको गाह्रो उठाइएको छ।