तातोपानी नाका सञ्चालन नहुँदा मारमा भन्सार मजदूर

सिन्धुपाल्चोक । चीन जोड्ने उत्तरी नाका तातोपानीबाट २ महीनायता न्यून मात्रामा सामग्री आयात भएको छ । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने मोटरबेल पुल र कोदारी राजमार्गकोे लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत १ असारदेखि नाका पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । चीनका विभिन्न व्यापारिक शहरबाट तिब्बतको खासामा आइपुगेका सामान सहज रूपमा तातोपानी भन्सारमा ल्याउन नसक्दा मजदूर अलपत्र परेका छन् । हाल खासाबाट दैनिक बढीमा दुई गाडी सामान मात्र आइरहेको छ । तातोपानी नाकामा काम गर्ने मजदूर संघका ५०० मजदूर २ महीनादेखि बेरोजगार छन् । ‘सडकका कारण खासाबाट सामान नआउँदा मजदूरले काम पाउन छाडेका छन्,’ तातोपानी भन्सार सुक्खा बन्दरगाह मजदूर संघका अध्यक्ष तेम्बोछिरी शेर्पाले भने, ‘कति मजदूर त नाका छोडेर हिँडिसकेका छन् ।’ खासाबाट कन्टेनर आउन छाडेकाले मजदूरले काम नपाएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । ‘मजदूरले काम नपाउने समस्या त छँदै छ, सामान ल्याउन लागत समेत बढेको छ,’ भन्सार अधिकृत गौतमले भने, ‘खासा आइपुगेका सामान बोकेर ल्याउँदा लागत बढ्नुका साथै समय पनि खेर गइरहेको छ ।’ खासाबाट सीधै लार्चा सुक्खा बन्दरगाह ल्याइनुपर्ने सामान लिपिङपुल र कोदारीमा झारेर पल्टी गर्दा लागत बढेको उनले बताए । कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालन भएसँगै अहिले लिपिङपुलमा मात्रै सामान झारेर मजदूरले बोकेर वारि तार्ने गरेका छन् । लिपिङपुलबाट बोकेर कोदारी कटाउँदा १ लाख २० हजार थप लागत बढ्ने गरेको व्यवसायीले बताएका छन् । ‘एक गाडी सामान ओसार्दा ४० हजारसम्म ज्याला दिनुपरेको गुनासो व्यापारीको छ भने मजदूरले काम नपाइएको भन्दै आएका छन्,’ भोटेकोशी गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले भने, ‘नाकालाई व्यवस्थित गर्न र सडक सुचारुका लागि संघीय सरकारलाई आग्रह गरेका छौं ।’ सडक अवरुद्ध भएपछि सयौं मालवाहक कन्टेनर न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएकाले सामान लिपिङबाट तुइन र बोकेर ल्याउनुपर्दा ढुवानी भाडा बढी पर्ने गरेको पौडेलले बताए । भूकम्पपछि चिनियाँ रेल्वे कन्स्ट्रक्शन कम्पनी लिमिटेड (सीआरसीसी)ले कोदारी राजमार्गको अस्थायी मर्मत गर्दै आएको छ । तर, सीआरसीसीले बनाएको सडक १ महीना पनि नटिकेको पौडेलले बताए । सडक मर्मत नहुँदा तातोपानी भन्सार कार्यालयले साउनमा ७ करोड २१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । असारमा भन्दा साउनमा राजस्व कम संकलन भएको भन्सार अधिकृत गौतमले बताए । ‘असारमा ११ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो,’ गौतमले भने, ‘तर साउनमा लक्ष्य अनुरूपको राजस्व उठ्न सकेन ।’ सडक मर्मत भई पूर्ण सुचारु हुने हो भो चाडपर्व नजिकिएकाले राजस्व संकलनमा बृद्धि हुने उनले भनाइ छ । २ महीनाअघि भत्किएको लिपिङपुल निर्माण भइरहेकाले राजमार्ग पूर्ण सञ्चालनमा आउन अझै केही समय लाग्ने सडक डिभिजन कार्यालय चरिकोटले बताएको छ । लिपिङपुलको दुवैपट्टि जगमा ढुंगा भरेर ग्याबिन उठाइएको छ । एक महीनादेखि सडक खुलाउन लागेको भन्दै कार्यालयका इन्जिनीयर विजय महतोले निर्माण पूरा हुन अझै २ साताभन्दा बढी लाग्ने बताए । मुख्य चाडपर्व नजिकिएकाले व्यापारीले चीनबाट खरीद गरेका सामानको सहज आयातका लागि तत्काल पहल गर्नुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादूर बस्नेतको भनाइ छ ।

सम्बन्धित सामग्री

तातोपानी नाका खेलेको ९ दिनमा ४० वटा कन्टेनर भित्रिए

काठमाडौंः तातोपानी नाका खुलेको ९ दिनमा ४० वटा कन्टेनर भित्रिएको छ। तिब्बतमा कोभिड फैलिएपछि बन्द भएको नाका बल्ल खुलेको हो। नाका संचालनमा आएको ९ दिनमा ४० वटा कन्टनेर भन्सारमा आएको तातोपानी भन्सार कार्यालयका  भन्सार अधिकृत लक्ष्मण बास्तोलाले बताए। चाडपर्व नजिकिएकाले भन्सारमा रोकिएको कन्टेनरहरु धमाधम आउन थालेको उनले बताए। सुरुवाती समयमा चिनियाँ…

रसुवागढी र तातोपानी नाका बन्द हुँदा कन्टेनरहरू सीमा पारी नै रोकिए

काठमाडौं । चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका चीनले बन्द गरेपछि नेपालको आयातमा असर परेको छ । चीनले बिना जानकारी नाका बन्द गर्दा सामान बोकी आएका कन्टेनरहरू सीमा पारी नै रोकिएका छन् । चीनमा कोरोना संक्र्रमण बढेको बहानामा सीमा नाकाबाट आवतजावत बन्द गरेको हुनसक्ने दुवै भन्सार कार्यालयका प्रमुखको आँकलन छ । बिना जानकारी नाका बन्द […]

चीनद्वारा तातोपानी नाका बन्द

तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भनिए पनि अब कहिले खुल्ने भन्नेबारे केही जानकारी नआएको उनले बताए । तिब्बतमा कोभिड सङ्क्रमण बढेर आयत रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए । “खासा क्षेत्रमा ५८ जना

साझाका तीन वटा विद्युतीय बस तातोपानी नाका आइपुगे

काठमाडौँ– साझा यातायातका तीन वटा विद्युतीय बस तातोपानी नाका आइपुगेका छन्। ती बस चीनबाट तातोपानी नाका हुँदै नेपाल भित्रिएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए। साझाले ल्याउन लागेका ४० वटा विद्युतीय बसमध्ये ३ वटा नेपाल आइपुगेका हुन्। प्रमुख भन्सार अधिकृत गौतमका अनुसार आजै भन्सार पास गरी लोडरमा राखेर […]

तातोपानी नाका हुँदै नेपाल भित्रिए साझाका ३ वटा बिजुली बस

काठमाण्डाै – साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका तीन वटा बिजुली बस नेपाल आइपुगेको छ । ती बस तातोपानी नाका आइपुगेको र भन्सार प्रक्रिया पूरा गरेर केही दिनमा काठमाण्डौ ल्याइने साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।   चीनको उकालो सडकमा बिजुली बसको ‘ग्रेडबिलिटी टेस्ट’ अर्थात् उकालो तान्न सक्ने क्षमता परीक्षण गरेपछि नेपालतर्फ ल्याइएको हो । पहिलो चरणमा साझाले तीन वटा मात्र बिजुली बस ल्याएको हो । चीनको नानजिंगको सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसक...

हिमपातले तातोपानी नाका अवरुद्ध

१४ पुस, काठमाडौं । भारी हिमपातका कारण चीन जोड्ने तातोपानी नाका अवरुद्ध भएको छ । तातोपानी नाकाको तल्लो तहमा मंगलबार रातिदेखि नियमित वर्षा भइरहेको र चीनतर्फको माथिल्लो भागमा हिउँले डाँडा ढाक्दा तातोपानी नाका अवरुद्ध बनेको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले बताए । माथिल्लो भागमा हिउँ र तल्लो भागमा नियमित वर्षाका कारण नाका भएर हुने […]

तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात

तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन  सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको  ५६० थान अक्सिजन  सिलिन्डर आयात  भएको  जानकारी  दिए । उनका  अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।पहिलो  पटक

तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात

काठमान्डाैं / तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको जानकारी दिए... The post तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात appeared first on Purbeli News.

बिहीबारदेखि तातोपानी नाका तीन साताका लागि बन्द हुने

७ माघ, काठमाडौं । बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि (२१ जनावरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ […]

माघ ७ देखि तातोपानी नाका ३ साता बन्द हुने

२६, पुस, काठमाडौं । तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२० जनवरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । ‘बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २० जनवरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ […]