काठमाडौं, साउन ६। काठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार हासिल भइरहेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको यो आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत रहेकोमा सो अवधिसम्म कुल भौतिक प्रगति १६ दशमलव १० प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ । मन्त्रिपरिषद्को २०७४ वैशाख २१ को बैठकले द्रुतमार्ग निर्माणको व्यवस्थापनको […]