ऋण लागेको तथा आर्थिक अभाव देखाउँदै गत भदौदेखि चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम ठप्प छ । दैनिक झन्डै १ सय जना हाराहारी कामदारले धमाधम काम गरिरहेको चितवनको रामपुरस्थित रंगशालास्थल आजभोलि सुनसान बनेको छ । हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा देश–विदेशमा रहेका विभिन्न ब्यक्ति तथा संस्थासँग आर्थिक सहयोग उठाएर निर्माण थालिएको यो मेघा–प्रोजेक्ट आर्थिक संकलन रोकिएसँगै थला परेको हो । हालसम्म झन्डै ३५ प्रतिशत काम सकिएको र बा