इलाममा असार २२ गतेसम्मका लागि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले एक सुचना जारी गरि निषेधाज्ञा थप भएको जनाएका हुन् । जिल्लामा रहेका सक्रिय संक्रमितहरुबाट अन्य मानिसहरुमा कोरोना भाइरस विस्तार भइ जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अझै केही समय केही सेवाहरु निषेध गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, इलेक्ट्रोनिक्स, लत्ताकपडा, घरायसी प्रयोग हुने सामानहरूका पसल ५ बजेसम्